‘शब्द एक, संगीत अनेक’ मा नीर प्रसादको “जुनी” सार्बजनिक (हेर्नुहोस् म्युजिक भिडियो)

[mom_video type=”youtube” id=”3SbHM0urfQY”]

पोखरा न्युज –

नेपाली सांगीतिक ईतिहासमा पहिलो पटक कलाकार नीर प्रसाद गुरुङले आफ्नो एकल शब्द तथा संगीतमा रहेको पृथक गीति संग्रह “जुनि” सार्बजनिक गरेका छन् । सार्बजनिक एल्बममा ४ गीत समाबेश भएका छन् । जुन गीतमा “शब्द एक, संगीत अनेक” रहेको छ भने यसको शब्द ‘यो जुनिमा वाचुन्जेल सम्म तिम्रै मायाको हात चाहिन्छ, एकमुठी सास रहुन्जेल सम्म तिम्रै साथ चाहिन्छ’ नै रहेको छ ।

गुरुङले “शब्द एक, संगीत अनेक”मा रहेका ४ गीतलाई अलग अलग धारमा संगीत भरेका हुन् भने गीतमा संगीत संयोजन बि बि अनुरागी, मिक्सिंग मास्टरिङ्ग शुकुराम बिश्वकर्माको रहेको छ भने पहिलो पटक सार्बजनिक यो गीतमा प्रमोद खरेलको आवाज रहेको छ । यो गीतमा निरले एउटा पारिवारिक वातावरण लाई समेटेर बनाएको आफ्नै निजी वास्तविक जिवनमा आधरित मीठो भावपन शब्दको गित अनि संगीत लाई उनले तयार गरेका हुन् ।

यस्तै नेपालि सांगीतिक क्षेत्रमा गुरुङले केहि नया गर्न खोजेको भने पक्कै हो । “शब्द एक, संगीत अनेक”मा रहेका ४ गीत मध्ये पहिलो गीतको म्युजिक भिडियो पनि सार्बजनिक भएको छ । सार्बजनिक भिडियोमा सनम कठायत अनि अन्जु चौलागाई अभिनय रहेको छ ।यस्तै गीतको भिडियो लाई उत्सब दाहालले छायांकन, निशान घिमिरेले सम्पादन गरेका हुन् भने प्रकाश धितालले निर्देशन गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button