आर्थिक सुधार गरी उदाहरणिय वडा वनाउने अध्यक्ष सुनारको प्रतिवद्धता

पोखरा –

पोखरा लेखनाथ महानगरपालीका वडा नम्बर २८ का वडा अध्यक्ष निर्मल दियाली सुनारले आर्थिक सुधार गरी आफ्नो वडालाई उदाहरणिय वडा वनाउने बताएका छन । सुन चाँदी व्यवसायी संघ कास्कीले शनिबार पोखरामा आयोजना गरेको बधाई तथा अभिनन्दन कार्यक्रममा बोल्दै उनले अब आर्थिक सुधार गरी आफनो वडा उदाहरणिय वडाको रुपमा स्थापित गराउने बताएका हुन ।

साविक कालिका गाविसमा पर्ने पोखरा लेखनाथ महानगरपालिका २८ कै मानबहादुर जिसी पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा निर्वाचित भएकोले गर्दा पनि धेरै विकास निमार्ण देखि आर्थिक समृद्धिको लागि काम गर्न सहज हुने अध्यक्ष सुनारले विश्वास व्यक्त गरे । उनले भने “ म निर्वाचनाका वेला कुनै पार्टीबाट उम्मेदवारको रुपमा रहेता पनि अब विजयी भएकोले सवै पार्टी तथा जनताको हितको लागि काम गर्ने छु । ” सुन चाँदी व्यवसायी संघ कास्कीका अध्यक्ष समेत रहेका सुनारलाई संघका पदाधिकारी तथा सदस्य एवं व्यवसायीहरुले सामुहिक रुपमा अविर र खादा तथा माला लगाउदै ५ बर्षीय कार्यकालको शुभकामना दिएका हुन ।

संघका कार्यवहाक अध्यक्ष राजेसमान बुद्धचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय सदस्य द्धोय चन्द्र किशोर गौतम, दुर्गा बहादुर सुनार, विशिष्ठ सल्लाहकार बुद्धि बहादुर गहतराज, संस्थापक तथा संरक्षक महेन्द्रमान गुभाजु, सल्लाहकार कृष्णमान गुभाजु,
उपाध्यक्ष भविन्द्र विश्वकर्मा, महासचिव मनबहादुर लामगादे, सदस्य रन्जन बुद्धचार्य, साधारण सदस्य किसान घिमिरे लगायतले शुभकामना दिदै स्थानिय तहको निर्वाचनमा सुन चाँदीको पनि प्रतिनिधित्य भएकोले सुन चाँदी व्यवसायीका मुद्धाहरु अब समेटिनेमा आशावादी भएका छन । कास्की क्षेत्रमा हाल हप्ताको ३ केजी सुन अपुग भएको संघले गुनासो गर्दै आएको छ। कास्कीमा हप्तामा कम्तिमा पनि ५ केजी सुनको माग भएको बताइन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button