जेष्ठनागरिको हक अधिकार संरक्षण सहितको संवैधानिक व्यवस्था गर्ने तयारी भईरहेको छ- अधिकारी

पोखरा वृद्धाश्रमद्धारा संचालीत ऋषि लिला स्मृति पत्रकारीता पुरस्कार-चट्याङ मास्टरलाई,

पोखरा न्युज  ।

संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले  समाजका जेष्ठनागरिको हक अधिकार संरक्षण सहितको संवैधानिक व्यवस्था गर्ने तयारी भईरहेको बताएका छन् ।

पोखरा वृद्धाश्रमद्धारा संचालीत ऋषि लिला स्मृति पत्रकाररिता पुरस्कार सम्मान कार्यक्रममा बोल्दै अधिकारीले  यस्तो खुलासा  गरेका हुन् । “पैतृक सम्पत्तिले नभई ज्ञान, सिप, योग्यता र क्षमताले मासिन धनी बन्नु पर्ने बताउँदै” उनले  भने “आमाबुबाले छोराछोरीलाई मात्र नभई सेवागर्नेलाई आफ्नो सम्पत्ति दिन पाउने विधेक प्रमाणीकरण हुनमात्र बाँकी रहेकोछ ।”

ऋषि लिला स्मृति पत्रकाररिता पुरस्कार पत्रकार एवम् साहित्यकार कृष्णमुरारी गौतम(चट्याङ मास्टर) लाई प्रदान गरिएकोछ । पोखरा वृद्धाश्रममा आयोजित एक समारोहका बीच सभापति अधिकारीले पत्रकार गौतमलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए  । पत्रकारिताको माध्यमबाट समाजका जेष्ठनागरिकको हक अधिकार संरक्षणमा सहयोग पु¥याए बापत प्रदान गरिएको सो पुरस्कारको राशी विस हजार एक रुपैया नगद सहित दोसल्ला र सम्मानपत्र रहेकोछ ।

पुरस्कृत व्यक्तित्व कृष्णमुरारी गौतमले राज्यले समाजका जेष्ठनागरिकको योग्यता क्षेमतालाई मुलुकको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिए ।

पोखरा बृद्धाश्रमका संस्थापक स्वर्गीय ऋषि केशव पराजुलीको स्मृतिमा प्रकाशित आश्रय मुखपत्रको पनि लोकार्पण गरिएको सो समारोहमा बृद्धाश्रमका संस्थापक सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालयका निमित्त प्रमुख नितु गर्तौलाले समाजका गरिव विपन्न जेष्ठनागरिकको संरक्षणमा बृद्धाश्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

वृद्धाश्रमका अध्यक्ष टिका बहादुर भण्डरीको अध्यक्षतामा भएको कार्यक्रममा आश्रमका संरक्षक बसन्तकेशव पराजुली, पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारी,स्वतन्त्र पत्रकार संघका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला, माओवादी केन्द्र पोखरा लेखनाथ महानगर कमिटिका उपाध्यक्ष गोमा ढकाल, नौलोधुम्तीका अध्यक्ष खड्ग बहादुर रानाभाट, समाजसेवी नारायण अधिकारी लगायता सन्तानका लागि सम्पत्ति प्यारो र बाबुआमा हेलाहा हुने प्रवृत्तिको अन्त्य हुनु पर्ने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button