अब पोखरा लगायत देशभर पुराना गाडी चलाए सरकारले जफत गर्ने

पोखरा –

वातावरण प्रदूषण र सडक दुघर्टनाका प्रमुख कारक बनेका पुराना गाडी  पोखरा, काठमाण्डौ लगायत  उपत्यका बाहिर चलाउन पूर्णतः प्रतिबन्ध लगाइने भएको छ । २० वर्ष पुराना गाडी सडकमा निकाले सरकारले जफत गर्नेछ। यातायात व्यवस्था विभागले व्यवसायीले अटेर गरी गाडी चलाए जफत सहित कारबाही गर्नेछ।

काठमाडौं उपत्यकामा गुड्दै आएका २० वर्ष पुराना कालो नम्बर प्लेट (भाडा) का बस, मिनीबस, माइक्रोबस, ट्रक, ट्याक्सी र टेप्पो फागुन १८ पछि सडकमा ल्याउन पाइनेछैन।  उपत्यकाबाहिर भने यो व्यवस्था २०७४ फागुन ३० गतेपछि लागू हुनेछ।

यो निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्न विभाग र  ट्राफिक प्रहरीको संयुक्त टोलीलेे अनुगमन गर्ने छ। २० वर्ष पुराना सार्वजनिक यातायातका साधन विस्थापित गर्न नवीकरण, दर्ता र कर लिने सबै प्रक्रिया समेत  रोक्का गरिनेछ।  म्याद नाघेका त्यस्ता सवारी साधन सबै कर तिरेर पत्रुमा जानेछन्।

२०७१ भदौ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले २० वर्ष पुराना सवारीसाधन विस्थापित गर्ने निर्णय गरेको थियो। २०७१ फागुन १८ गतेको राजपत्रमा २० वर्ष पुराना गाडी विस्थापन गर्ने निर्णय छापिएको थियो।

पुराना सवारीसाधनले वातावरण प्रदूषण, ट्राफिक जाम तथा दुर्घटना निम्ताउने जोखिम बढेकाले हटाउन लागेको खबर आजको नागरिक दैनिक मा छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button