बैंकमा जेष्ठ नागरिकलाई सास्ती : पोखराको मुक्तिनाथ विकास बैंकमा बसे घन्टौ लाइन

पोखरा –

भत्ता पाउने आसामा मुक्तिनाथ विकास बैंकमा खाता खोल्न लाईनमा बसेका जेष्ठ नागरिकहरु ।

पोखराको छोरेपाटन स्थित डेविडफल्समा रहेको मुक्तिनाथ विकास बैंकमा जेष्ठ नागरिकहरुले सरकारी भत्ता लिनको लागि नयाँ खाता खोल्नु परे पछि जेष्ठ नागरिकहरु घन्टौं लाईनमा बसेर सास्ती भोग्नु पर्यो ।

पोखरा वडा नम्बर २५ का जेष्ठ नागरिकहरुलाई मुक्तिनाथ विकास बैंकबाटै भक्ता दिने भए पछि खाता खोल्नको लागि जेष्ठ नागरिकहरु बैंकमा आएका हुन ।

यस अघि दुई वटा वडाको भक्ता वितरण गर्दै आउने क्रममा पोखरा २५ को पनि मुत्तिनाथ बैंकबाटै भक्ता वितरण गर्ने तयारी भएकोले जेष्ठ नागरिकहरको नयाँ खाता खोल्नको लागि भिडभाड भएको बैंकका रिजनल म्यानेजर बाबुराम ढकालले पोखरान्युज डटकमलाइ  बताए ।

बैंकले छिटो छरितो ढंगले सेवा दिन नसक्दा आफुहरु घन्टौं लाइृनमा बस्नु परेको जेष्ठ नागरिक मध्येका एक टंक प्रसाद देवकोटाले गुनासो गरे ।

तष्विर डी.एन.बी. 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button