एमाले ठूलो बनाउन होइन देश बनाउन आउनुस – ओली

पोखरा-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश भन्दा  ठूलो केहि नहुने भन्दै देश बनाउन एमालेमा आउन आग्रह  गरेका छन् । पोखरामा शुक्रवार एमाले कास्कीले आयोजना गरेको  जनसभालाई सम्बोधन गर्दै ओलीले एमालेमात्र देशभक्त पार्टी भएको भन्दै अन्य पार्टीका कार्यकर्ता लाई समेत आफ्नो पार्टीमा आउन आग्रह गर्दै यस्तो बताएका हुन् । उनले भने, ‘देशको बारेमा सोच्ने पार्टी एमाले मात्र हो तसर्थ एमाले  ठूलो बनाउन होइन, देश बनाउन आउनुस् ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले १९ वर्षपछि बल्ल बल्ल हुन लागेको निर्वाचन हुन नदिन षडयन्त्र भइरहेको दाबि गर्दै   देशी बिदेशी शक्तिले  निर्वाचन भाँड्ने प्रयास गरिरहेको आरोप समेत लगाए ।  कांग्रेस आफू हार्ने ठाउँमा चुनाव हुन नदिने  प्रयासमा  लागेको  आरोप लगाउदै ओलीले एमाले  हारबाट नडराउने  बरु  हार्न तयार रहेको  तर  निर्वाचन हुनैपर्ने बताए ।

देशलाई आवश्यक  परेको खण्डमा  संविधान संसोधन गर्न एमाले तयार रहेको बताउदै ओलीले कसैलाई खुशी पार्नकै निम्ति  संविधान संसोधन गर्न नसकिने आशय व्यक्त गरे ।  ओलीले बाबुराम भट्टराईले चुनाव हुन्न दिन्न भनेको भन्दै  आक्रोस समेत व्यक्त गरे । भट्टराई प्रति कटाक्ष गर्दै ओलीले भने , ‘३२ वटा पार्टीका ३२ जना मान्छे लिएका  बाहुनले  चुनाव हुन्न दिन्न भनेर चुनाव रोकिदैन।’

यस अघि सडकमा आवातजावत रोक्ने गरि सभा तथा कार्यक्रम गर्ने नपाइने नियम लागु गर्ने भनिएतापनि पोखराको चिप्लेढुंगामा  मुख्य चोकमै  सवारी आवतजावत नै रोकेर घन्टौ कार्यक्रम संचालन गरिएको  हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button