प्याबसन कास्की द्वारा दुर्गा बराल सम्मानित

पश्चिमाञ्चल अस्पताललाई सामाग्री प्रदान

पोखरा-

निजि तथा आवाशिय विद्यालय अर्गानाइजेसन (प्यावसन) कास्कीले आफ्नो २७ औं प्यावसन दिवसका अवसरमा वरिष्ठ व्यङ्ग चित्रकार दुर्गा बराल बात्सयानलाई सम्मान गरेको छ । चित्रकलाको क्षेत्रमा उहाँले पुर्याएको योगदानको सम्मान गर्दै कार्यक्रका प्रमुख अतिथी पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरण्जीवी प्रसाद शर्माले कदरपत्र, दोसल्ला र मालाले सम्मान गर्नुभएको हो ।

सो अवसरमा प्यावसन कास्कीले कास्की प्यावसन अन्र्तगत रहेर आफ्नो स्थापनाको रजत वर्ष मनाइरहेका कास्कीका चार विद्यालयलाई समेत सम्मान गरेको छ । यसरी सम्मानित हुने विद्यालयहरुमा पोखरा १० शिवचोकको नवदिप ईङ्गलिस वोर्डिङ्ग स्कुल, पोखरा ४ गैह«ापाटन स्थित पश्चिमाञ्चल वोर्डिङ्ग स्कुल, पोखरा ८ नागढुङ्गको सरस्वती वोर्डिङ्ग स्कुल, लेखनाथ ८ को कन्चन्जंघा एकेडेमिक सेन्टर रहेका छन ।

कार्यक्रममा २० वर्ष सेवा पुरयाएका १६ जना शिक्षक र ७ जना कर्मचारीलाई समेत दिर्घसेवा पदक वाट सम्मान गरिएको छ । सम्मानित हुने शिक्षकमा रिना मगर (शान्ति निकेतन) दिलिप कार्की ( शान्ती निकुञ्ज) चित्र राना (वेथानी), मनु शर्मा (वेथानी), दिल कुमारी आले (रेन्वो एकेडेमी होम्स), अन्जना गिरी पुरी (रेन्वो एकेडेमी होम्स), रामजी प्रसाद पौडेल (शान्ती दिप) डिल्ली राम भट्टराई (मदरल्याण्ड), कविराज सुवेदी (मदरल्याण्ड), होम कुमारी श्रेष्ठ (शिसु निकेतन), कुष्ण चन्द्र भट्टराई (प्रगती), तिर्थ तामाङ्ग (प्रगती), महेन्द्र थापा (प्रगती), गायत्री कुवर (हिल पोइन्ट), निर्मला थापा (पोखरा युनाइटेड एकेडेमी) र तारा श्रेष्ठ (माउन्ट अन्नपुर्ण) रहेका छन ।

२० वर्ष सेवा पुर्याएर दिर्घ सेवा पदक बाट सम्मानित हुने कर्मचारीमा विन्देश्वरी त्रिपाठी (डायमण्ड), भक्त बहादुर केसी (डायमण्ड), पवित्रा विक (वेथानी) प्रभाकर भट्टराई (शिसु निकेतन), अग्नीधर त्रिपाठी (लिटिल ड्याफोडिल), धनपती अधिकारी (धौलागिरी वो.स्कुल) र विष्णु कार्की (माउन्ट एभरेष्ट) रहेका छन ।
सो अवसरमा प्यावसन कास्कीले २०७२ सालको प्रवेशिका परिक्षामा सर्वोत्कृष्ट अंक ल्याई उर्तिण गरेका दुई विद्यार्थीलाई समेत नगद ५ नगद सहित सम्मान गरेको छ । यसरी सम्मानित हुने विद्यार्थी छात्र तर्फ ३.९५ जिपिए सहित उर्तिण गर्ने पोखरा पव्लिक स्कुल चाउथेका सन्देश शर्मा र छात्रा तर्फ ३.९० जिपिए शिसुनिकेतनकी प्रतिभा बराल रहेका छन ।

प्यावसन कास्कीका अध्यक्ष दिनेश कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सम्मनित व्यक्तित्व दुर्गा बराल, प्यावसनका केन्द्रिय सल्लाहाकार डोलराज पाण्डे, प्यावसनका केन्द्रिय सदस्य माधव शरण उपाध्याय, प्यावसन कास्कीका सल्लाहाकार चिनु रानाभाट, वरिष्ठ उपाध्यक्ष षडानन्द गौतम, सचिव मथुरा पौडेल, सहसचिव श्रीकृष्ण अधिकारी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

प्यावसन कास्कीले आइतवार नै दिवशको अवसरमा पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको बच्चा वार्डमा ३ लाख ५० हजार बरावरको सामाग्री अस्पताल प्रशासनलाई हस्तान्तरण गरेको छ । प्यावसन कास्कीलेआफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त वार्डको रंग रोगन मर्मत सम्भारका साथै प्रत्येक वेडलाई २–२ थान वेडसिट, सिरानी र व्ल्याकेट प्रदान गरेको वरिष्ठ उपाध्यक्ष षडानन्द गौतमले जानकारी दिए । उनका अनुसार हाल कास्कीमा २०५ निजी विद्यालय रहेको मध्ये १०२ विद्यालय प्यावसनमा आवद्ध रहेको र कास्कीको कुल विद्यार्थीको सख्या मध्ये ६० प्रतिशत निजी विद्यालयमा अध्ययनरत रहेको जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button