पालिखे प्यानल पोउवा संघको निर्वाचनमा बर्चस्व कायम गर्न सफल

पोखरा-

पोखरा उद्योग वाणिज्य संघको १३ औ  महाधिवेशनबाट अध्यक्षमा विश्वशकर पालिखे विजयी भए । निकटतम प्रतिद्धन्दी देव क्षेत्रीलाई करिब एक सय मतले पछि पार्दै विजयी भएका उनि आफु मात्र बिजयी भएनन्, उनको  प्यानलवाट समेत   धेरै  उमेदवार  बिजयी हुन सफल भए ।

निर्वाचन पालिखेलेको प्यानलले  पदाधिकारी र सदस्य दुबैतर्फ  बर्चस्व कायम गरेको  छ । पदाधिकारीहरु तर्फ बरिष्ठ उपाध्यक्षमा रविन्द्र बहादुर प्रजु, उद्योग तर्फको उपाध्यक्षमा गोकर्ण कार्की, महासचिवमा दामु अधिकारी र कोषाध्यक्षमा पवन कुमार प्रजापति पालिखे प्यानलबाट  निर्वाचित भए।

बाणिज्य तर्फको उपाध्यक्षमा स्वतन्त्र उमेदवार विन्दु कोईराला सुवेदी निर्वाचित भइन् भने उपमहासचिवमा अर्जुन पोखरेल क्षेत्री प्यानलवाट विजयी भए ।  खुल्ला १० सदस्य तर्फ पनि  पालिखे प्यानलबाट ८ जना निर्वाचित भए भने  र क्षेत्री प्यानलबाट दुई जना मात्र  निर्वाचित भएका छन् ।

त्यसैगरी  संघको  बस्तुगत  तर्फ ४ सदस्यका लागि भएको निर्वाचनमा   यमनाथ पौडेल, डिबी भुजेल, नारायणप्रसाद पौडेल र गिरीधारी अधिकारी विजयी भएका छन् । बस्तुगत तर्फ८ जना उम्मेदवार रहेका थिए। यमनाथ पौडेलले १४, डिबी भुजेलले १३, नारायणप्रसाद पौडेलले र गिरीधारी अधिकारीले १२/१२ मत ल्याएर उनीहरु बिजयी भएका  छन् । उनीहरु सबै  पालिखे प्यानल वाट आएका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button