एक्सआर्मीमा स्पोर्टस् मिट सम्पन्न

पोखरा-

पाल्पाली मार्ग विरौटामा अवस्थित एक्सआर्मी उच्च माविमा सञ्चालित स्पोर्टस् मिट–२०७३ विविध खेलकुद कार्यक्रमका साथ शुक्रबार सम्पन्न भयो । गत मंगलवारवाट शुरु भएको खेलकुदमा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका ४ सय २० जना विद्यार्थी सहभागी रहेको विद्यालयले जनाएको छ । उक्त स्पोर्टस् मिटमा फुटबल, भलिबल, टेबलटेनिस, तग अफ वार, खोखो, वर्ड पजल, फिल द बक्स, स्पोन रेस, व्याडमिन्टन,ब्यालुन ब्लास्ट लगायतका फिल्ड एण्ड ट्रयाकका ५३ खेलमा विद्यार्थी सहभागी रहेका थिए । सो अवसरमा प्रमुख अथिति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्ग बहादुर शाहीले खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने हँुदा पढाइका साथै खेलकुदमा पनि सहभागी हुनुपर्ने बताउनुभयो ।

उक्त अवसरमा कार्यक्रमका अध्यक्ष तथा विद्यालयका प्राचार्य मोहन लाल पौडेलले विद्यालयले अध्ययनका साथै खेलकुदलाई पनि विशेष महत्त्व दिएको बताउनुभयो । खेलकुदले विद्यालयका साथै राष्ट्रको गरिमा समेत बढाउने हँुदा शिक्षक शिक्षिकाले जिम्मेवार भई विद्यार्थीलाई पढाइका साथमा खेलकुदमा सहभागी गराउनुपर्ने बताउनुभयो । सो अवसरमा स्पोर्टस् मिटलाई भव्यताकासाथ सफल बनाएकामा सम्पूर्ण शिक्षक शिक्षिकालाई धन्यवाद दिँदै विजयी विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button