पोखरामा प्याराग्लाईडिङ पाईलटको दुर्घटनामा परी मृत्यु

पोखरा –

पोखरामा प्याराग्लाइडिङ गर्दै गर्दा एक जना वेलायती सोलो प्याराग्लाइडिङ पाईलटको मृत्यु भएको छ ।

कास्कीको सराङकोटबाट उडान भरेका वेलायत लिभरपुलका ६८ बर्षीय मिचाईल पिटर व्ल्यानचार्डको प्याराग्लाईडिङको क्रममा आइृतबार करीब दिउसो ३ बजे दुर्घटनामा पर्दा उपचारको क्रममा मुत्यु भएको प्रहरीले जनाएको छ । उनले उडान भरेको केहि सेकेण्डमै आकामसा प्याराग्लाईडिङ अनियन्त्रित भई रुखमा ठोकिन पुगेको स्थानीयले बताए । वेलायतबाट २१ जनवरीमा काठमाण्डौं आएका पिटर २२ तारिखमा नेपाल नागरीक उड्डयन कार्यालय पोखराबाट सोलो प्याराग्लाईडिङको अनुमति लियर उडान गरेको पोखराका पर्यटक प्रहरी निरिक्षक जयराम महन्तले  पोखरा न्युज डटकमलाइ बताए । उडान भरेको केहि सेकेण्डमै रुखमा ठोकिन पुग्दा उनको उपचारको क्रममा मेट्रो सिटि अस्पतालमा आईतबार मृत्यु भएको हो । पिटरको पासपोर्ट नम्बर ५१२८७६२६४ रहेको छ । उनको शव हाल पोष्टमाटमको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ । पिटरले सराङकोटबाट उडान भरेको करीब एक सय मिटर टाढा पुग्दा नपुग्दै रुखमा ठोकिन पुगेको बताईन्छ ।

हवाई खेलकुद संस्था नाका उपाध्यक्ष सोवित बानियाले आधिकारीक रुपमा प्याराग्लाइडिङ गर्दा राम्रोसंग अनुगमन नगरी उडान दिदा यस्ता घटना दोहोरीने गरेको दाबी गरे । उनले पोखरा न्युज डटकम संग भने “ विदेशी भन्दैमा कुनै देशमा प्याराग्लाईडिङ गरेको भरमा एकै पटक सहज ढंगले हामीले यहाँ प्याराग्लाईडिङ अनुमति दिदा यो हालत भएको हो, यसमा उनीहरुको राम्रोसंग योग्यताको परिक्षण हुनुपर्दछ । ” लाईसेन्स छ भन्दैमा उनीहरुको योग्यता र क्षमताको परिक्षण विना सहज ढंगले साहासिक खेल प्याराग्लाईडीङ गराउदा ध्यान दिनु पर्ने उनको जोड थियो । यस अघि पोखरामा विदेशी तथा स्वदेशी ६ जना भन्दा बढी सोलो प्याराग्लाईडीङ पाईलटहरुको मृत्यु भएको उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button