स्थानिय निकाय सिफारिस गर्न पर्वतमा आज छलफल

पर्वत-
स्थानीय तह पुनर्संरचनासम्वन्धी आयोगले जिल्लाबाट स्थानीय तहको संख्या सिफारिस गर्ने अन्तिम मिति सकिदा पनि पर्वतमा अझै निर्णय हुन सकेको छैन । लगायतारको सार्वजनिक विदाका कारण आज बाट छलफल शुरु ह्दै छ ।

तिहार अघिनै टुंगो लगाउने भनिएपछि दलहरुले जनताको राय बुझ्न गाउँ जानुपर्ने समय माग गरेपछि ढिलाई भएको हो । तीहार पछि पनि सार्वजनिक विदा परेकाले आजदेखी मात्रै छलफल अघि बढाउने कुरा भएको स्थानिय विकास अधिकारी युवाज पौडेलले जानकारी दिनुभयो ।
आयोगले कार्तिक २० भित्र निर्णय पठाउने अन्तिम समय सकिएपनि पर्वतमा भने केहि दिन ढिला हुने भएको छ । तिहारको बिदा परेकाले ढिला भएको हो अब केहि दिनमै सहमति गरेर पठाउँछौ स्थानिय विकास अधिकारी पौडेलले भन्नुभयो ।

तिहार अघि जिल्ला बिकास समितिमा बसेको सर्बदलीय बैठकले स्थानिय तहको संख्या निर्धारण गर्नुपुर्ब पर्वतका आठ स्थानमा जनताको राय बुभ्ने निर्णय गरेको थियो । सदरुमकाम कुस्मा, मिलनचोक, डिमुवा, कार्किनेटा, लुंखु, फलेबास, वहाकी र हुवासमा स्थानियबासीले आफुँ कहाँ बस्न चाहन्छन भन्ने धारणा बुझ्ने निर्णय भएको थियो । स्थानिय तह पुर्नसंरचना आयोगले पर्वतका लागि न्युनतम ४ र अधिकतम ७ वटा स्थानिय निकाय सिफारिस गर्न संख्या तोकेको हो । पर्वत जिल्लामा यस अघि समितिले ६ वटा र राजनैतिक दलले ७ वटा स्थानिय निकाय सिफारिस गरेका थिए ।

यसअघि पर्वतमा स्थानिय निकायको संख्या ६ वटा बनाउने स्थानिय तह पुर्नसंरचना प्राबिधिक सहयोग समितिले सिफारिस गरेको थियो भने दलहरुले थप एक गरि ७ स्थानिय निकाय सिफारिस गरेका थिए । सिफारिस गरिएका ७ वटा गाउँ पालिकाको भूगोल भने नमिलेको भन्दै चौतर्फी बिरोध भएको थियो । समितिले नयाँ भूगोल र संरचना सहित ७ वटा स्थानिय निकाय सिफारिस गर्ने भएकाले यतिबेला निर्णय गर्न निक्कै कठिन हुने देखिएको छ । उत्तर तर्फ मिलनचोक र डिमुवा केन्द्र रहने गरी गाउँपालिका बनाउने कुरामा कुनै समस्या नदेखिएपनि दक्षिण तर्फ कार्किनेटा, लुंखु, हुवास, वहाकी, फलेबासमा केन्द्र राख्नेगरी गाउँपालिका सिफारिस गर्न आ आफ्नो ठाउँबाट लबिङ्ग चलिरहेको छ। कुस्मा नगरपालिकामा थप गाबिसहरु थप्ने कुरामा समेत स्थानिय तहमा सहमति छैन ।

यसअघि आर्थरडाडाँखर्क, ठुलीपोखरी र खौलालाँकुरी गाबिसलाई नगरपालिकामा गाभ्ने निर्णयको स्थानिय तहमा तिब्र बिरोध भैरहेको छ ।उनीहरु आर्थर देखि भंगरा, फलामखानी सम्मको भूगोल जोडर गाउँपालिका बनाउने पक्षमा छन । कार्किनेटा, लुंखु, वहाकी, फलेबास, हुवास मध्ये कुनै एक स्थान केन्द्र बन्न नसक्ने भएकाले पनि बिबादको ब्यबस्थापन गर्न कठिन छ । स्थानिय रायका आधारमा निर्णय गर्न जनताले सुझाब दिएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button