अब पश्चिमान्चल क्षेत्रीय अस्पतालको प्रसुती वार्डमा बिरामी भर्ना हुदा परिचय पत्र चाहिने

पोखरा न्यूज । पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखराले प्रसुती वार्डमा भर्नाहुने बिरामीले अनिवार्य रुपमा परिचय पत्र बोक्नुपर्ने नियम लागु गरेको छ । अस्पतालले माघ १९ गते देखि बिरामी भई अस्पतालको प्रसुती वार्डमा भर्ना हुन आउने बिरामीलाई आफ्नो नागरिकता अथवा फोटो सहितको परिचय पत्र लिएर आउन अनुरोध गरेको छ ।

अस्पताल प्रसाशनले सुत्केरी वार्डमा बच्चाको नक्कली प्रमाणपत्र बन्न थालेको सुराकी पायपछि अनिवार्य रुपमा परिचय पत्र पेश गर्नुपर्ने व्यवस्था लागु गरेको बताएको छ । पश्चिमान्चल क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीकृष्ण श्रेष्ठले अस्पतालमा नक्कली प्रमाणपत्र बनाउनेको गिरोहनै रहेको आशंका उत्पन्न भएपछि अस्पतालवाट नक्कली प्रमाणपत्र बाहिर जान नदिन यस्तो प्राबधान लागु गरेको बताए ।

डा. श्रेष्ठले पोखरान्युज डटकम संग कुरा गर्दै भने, “अस्पतालमा आउने बिरामीले आफ्नो वास्तविक परिचय लुकाएर अर्कैको परिचय दिएको तथा श्रीमानको नाम दिदा पनि योजना मुताविक अर्कैसंग मिल्ने गरि दिएको घटना हामीले फेला पार्यौ।”  यसरी बिरामीले अर्कैको श्रीमान श्रीमतीको नाम बताएर अस्पतालवाट जन्मदर्ता प्रमाणपत्र पनि सोहीअनुसार बनाउने गरेको रहस्य खुलेको छ।

यस्तो अवस्थाको अन्त्यका लागि अब देखि अस्पतालले बिरामीको परिचय खुल्ने खालको कागजपत्र राख्ने र सोहीअनुसार जन्मदर्ता प्रमाणपत्र प्रदान गर्ने डा. श्रेष्ठले बताए ।

बुधवारदेखिनै बिरामी भई अस्पतालको प्रसुती वार्डमा भर्ना हुन आउने बिरामीसंग आ-आफ्नो परिचय खुल्ने कागजात मागिएको बताउदै डा. श्रेष्ठले यदि कोहि कसैलाई समस्या परेको खण्डमा रेकर्डको लागि बिरामीको फोटो मागिने र परिचय पत्र पेश गरेपछिमात्र बच्चाको जन्मदर्ता प्रमाणपत्र प्रदान गरिने जानकारी दिए ।

अस्पताल प्रसाशनले मंगलवारमात्र नक्कली प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेको आशंकामा एकजना स्वयंसेविका लाइ निष्कासन गरिसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button