पोखरा इन्जिनियरिङ कलेजमा अनिश्चितकालिन तालाबन्दी

पोखरा- 
विद्यार्थी कल्याणकारी परिषद् पूर्नगठन लगायत सात बुँदे माग गदै विद्यार्थीहरुले फिर्केस्थित पोखरा इन्जिनियरिङ कलेज (पेक) मा १० दिनदेखी अनिश्चितकालीन तालाबान्दी गरेका छन् । विगत आठ वर्षदेखि परिषद् पूर्नगठन नभएको भन्दै विद्यार्थीले नयाँ नेतृत्व चयनको माग गदै शुक्रबार कलेजको प्रशासन भवनमा तालाबन्दी गरेका हुन् ।

कलेजमा क्रियाशिल विद्यार्थी संगठन अनेरास्ववियू ,नेविसंघ, क्रान्तिकारी र राष्ट्रिय प्रजातन्त्रिक बिद्यार्थी सँगठनले संयूक्त रुपमा निवाचनको माग गदै तालाबन्दी गरेका हुन् । कलेज प्रशासनले पहिला विद्यार्थी संगठनहरु मिलेर आए जुनसुकै बेला पनि निवाचन गर्न तयार रहेको बताउदै आएको भएपनि विद्यार्थी संगठन एक जुट भएर आएपछि प्रशासनले आलटाल गर्न खोजेको आरोप विद्यार्थी संगठनले लगाएका छन् ।

काउन्सिलको पूर्नगठन नहुदाँ अतिरिक्त क्रियाकलाप, भर्ना भएर आउने नयाँ विद्यार्थीको स्वागत र पढाई पुरा गरेका विद्यार्थीलाई विदाई गर्ने लगायत विद्यार्थी हकहितका पक्षमा काम गर्न नपाएको पोखरा इन्जिनियरिङ कलेजका ४ वटा सँगठनले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।
कलेज प्रशासन र विद्यार्थी संगठन वीच भएको सहमती कार्यान्वयन हुनुपर्ने माग समेत उनीहरु गरेका छन्। त्यस्तै सम्वन्धित विषयको ज्ञान र अनुभव नभएका शिक्षकको नियूक्ति खारेज गरि योग्य शिक्षकलाई नियूक्त गर्न माग गदै तालाबन्दी गरिएको समेत बताइएको छ । पाठ्यक्रम अनुसारको स्थलगत अध्ययन् र प्रयोगात्मक कक्षा नभएको भन्दै त्यसका लागी ब्यवस्था गर्न माग गरेको छ ।

आइतबार बैठक बोलाए पनि माग को पहिलो बुँदामै कलेज प्रसाशन लचक नदेखिए पछी वर्ता निष्कर्ष बीहिन भएको युवा संघ पोखरा ८ का अध्यक्ष एवं अनेरास्ववियू पेकका संयोजक प्रदीप पोखरेलले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button