पोखरामा पेट्रोलिय पदार्थ स्टक राख्न खोज्दा कृत्रिम अभाव

पोखरा –
पोखरामा पेट्रोलिय पदार्थ स्टक राख्न खोज्दा कृत्रिम अभाव भएको छ । केहि उपभोक्ताहरुले आफुलाई आवश्यकता भन्दा बढी पेट्रोलिय पदार्थ जोहो (स्टक) राखेका कारणले गर्दा हाल बजारमा पेट्रोलिय पदार्थ कृतिम अभाव भएकोे नेपाल आयाल निगम गगन गौडा डिपोका प्रमुख नवविनोद पोखरेलले बताए ।

उनका अनुसार बुधबार एक लाख ३० हजार लिटर र भोलि विहिबार पोखरा क्षेत्रका अधिकाशं पम्पबाट एक लाख ४० हजार पेट्रोल वितरण  भएको छ । हाल पोखराका अधिकाशं पम्पबाट ८ हजार लिटरका दरले पेट्रोल वितरण गरीएको पोखरेलले जनाए । उनले भने “ अनावश्यक हल्लाको पछि आम उपभोक्ताहरु नलाग्नुहोस, हामीसंग पेट्रोल स्टक पछि छ, आवश्यकता भन्दा बढी होल्ड गर्ने तर्फ नलाग्नु होला, ट्रयाङकर चालकको समस्या समेत वार्ताबाट टुंगिएकोले अब केहि समस्या हुदैन । ”

गण्डकी धौलागिरी पेट्रोलिय डिलर्स एशोसियसन पोखराका महासचिव राजन गंगजुले पोखरामा दैनिक एक लाख पेट्रोल र दुई लाख लिटर डिजल माग भए पनि अघिल्ला दुई दिनमा करिब एक लाख लिटर पेट्रोल पोखरामा वितरण हुन नसक्दा पोखराका सवै जसो पम्पमा पेट्रोल वितरण गर्न नसक्दा पनि बजारमा अभाव भएको जस्तो देखिएको बताए । यस अघि विभिन्न पम्पहरुले विक्रि गरेका आधारमा पहिलो प्रथामिकता दिएको हुनाले बुधबार ३४ पम्प मध्य ८ वटा पम्पबाट पेट्रोल वितरण हुन नसेकको बताए ।

छुटेका पम्पलाई विहिबार भने पहिलो प्रथामिकता दिई पेट्रोल वितरण गरीने तयारी भएको गंगजुले जनाए । दैनिक ८ सय देखि ५ हजार लिटर सम्म पेट्रोल खपत गर्ने पम्पहरु पोखरा क्षेत्रमा रहेका छन । पोखराको केहि पेट्रोल काठमाण्डौं तर्फ लगेको हुनाले तथा पोखरामा केहि उपभोक्तहरुले अनावश्यक हल्ला गरी पेट्रोल स्टक गर्न लागेकोले पनि बजारमा पेट्रोल लिनेको भिडभाड भएको महासचिव गंगजुले बताए । पोखरामा बुधबार  २६ वटा पम्पबाट पेट्रोल वितरण भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button