पोखरामा वडा स्तरीय फुटवल प्रतियोगिता जारी

आइतबार देखि क्वाटरफाईनलका खेलहरु पोखरा रंगशालामा हुने

पोखरा- 

पोखरामा जारी वडा स्तरीय फुटवल प्रतियोगिता अन्र्तगत भोलि (आईतबार) देखि पोखरा रंगशालामा विभिन्न चरणका खेलहरु हुने भएको छ ।

आईबतार विहान पोखरा–२५ पुम्दी भुम्दी र पोखरा १६ बिच पहिलो क्वाटरफाईनल खेल हुने भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए । उनका अनुसार आईतबार क्वाटरफानलका खेलहरु हुने भएका छन । यस अघि अधिकाशं खेलहरु अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा खेलहरु भएका हुन ।

सुक्रबार भएको खेलमा पोखरा ११ ले पोखरा २५ लाई ४–१ को गोल अन्तल पराजित गरे पनि पोखरा २५ ले बाहिरी खेलाडीहरु राखेको भन्दै उजुरी हाले पछि आवश्यक काजपत्र सम्वन्धित वडाले आयोजकलाई उपलब्ध गराउन नसकेको कारणले गर्दा वडा २५ स्वतः विजयी हुदै क्वाटरफाईनलमा यात्रा पाएको हो ।

त्यसै गरी शनिबार भएको खेलमा पोखरा १३, पोखरा १२, पोखरा १४, पोखरा २७ र पोखरा १० ले जित हासिल गर्दै क्वाटरफाईनलमा यात्रा बनाएका हुन । पोखरा १३ ले पोखरा २९ लाई २–१ को गोल अन्तरले पराजित गर्यो भने अर्को खेलमा पोखरा १२ ले पोखरा १९ लाई २–० ले पराजित गर्यो । पोखरा १४ ले अर्को खेलमा पोखरा ९ लाई ३–० ले पन्छाउदै क्वाटरफाइनलमा यात्रा बनाउदा पोखरा २७ ले पोखरा १७ लाई ४–२ को गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । शनिबारको अन्तिम खेलमा पोखरा १० ले पोखरा १५ लाई ३–१ को गोल अन्तरले पराजित गर्दै क्वाटरफाईनलमा यात्रा बनाएको हो ।

पोखरा उप–महानगरपालीकाको आयोजना, जिल्ला खेलकुद विकास समिति कास्कीको संयोजन, एन्फा कास्कीको व्यबस्थापनमा करीब दुई दशक पछि पोखरामा उक्त प्रतियोगिता पहिलो पटक सुरु भएको हो । प्रतियोगितामा २३ वडा वडाहरुले सहभागि जनाएकाछन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button