प्रधानमन्त्री प्रचण्डसहित नौजनालाई ‘शताब्दी पदक’

पोखरा न्युज –

त्रिमूर्ति निकेतनले डा सत्यमोहन जोशीलाई नेपाल सरकारबाट ‘वाङ्मय शताब्दी पुरुष’को उपाधि प्रदान गरेकामा नेपाल सरकारप्रति कृतज्ञता ज्ञापन गरेको छ ।

निकेतनले नेपाली वाङ्मयका शिखर व्यक्तित्व वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीको जीवनभरिको योगदानलाई मूल्याङ्कन गरी उहाँको गरिमामय उचाइ अभिवृद्धिका लागि अति महत्वपूर्ण योगदान पु¥याउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गर्ने निर्णय गरेको छ ।

पूर्व उपप्रधानमन्त्री कमल थापा, पूर्व मन्त्रीद्वय दिलनाथ गिरी तथा दीनानाथ शर्मालाई पनि सो पदक समर्पण गर्ने त्रिमूर्ति निकेतनले निर्णय गरेको छ ।

त्रिमूर्ति निकेतनले नेपाल सरकारका मुख्यसचिव डा सोमलाल सुवेदी, नेपाल सरकारका तत्कालीन निमित्त सचिव बुद्धिसागर लामिछाने, प्रा डा प्रेम खत्री, डोलिन्द्रप्रसाद शर्मा र श्रीमती जयन्ती प्रधानलाई पनि ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गर्ने निर्णय गरेको छ ।

तेह्रौँ त्रिमूर्ति दिवसका अवसरमा आगामी भदौ ३ गते वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीबाट ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गरिने कार्यक्रम रहेको छ ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसार्इंको अध्यक्षतामा आज बसेको निकेतनको बैठकले सो निर्णय गरेको हो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button