पोखरामा प्रम प्रचण्डको सशस्त्रलाई निर्देशन : निर्वाचन सुरक्षाको लागि तयार रहनु

डीएनबी, पोखरा-

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सशस्त्र प्रहरी बललाई निर्देशन दिदै आगामी निर्वाचनको लागि आवश्यक शान्ति सुरक्षाको लागि तयारी अबस्थामा रहन निर्देशन दिएका छन ।

पोखरा १८ स्थित लामापाटनमा रहेको सशस्त्र प्रहरी बल तालिम महाविद्यालयमा विहिबार संचालन भएको सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै आगामी करीब एक बर्ष भित्रमा तीन तहको निर्वाचन हुने भएकोले त्यसको लागि सुरक्षाको राम्रो व्यबस्था गर्न सत्रस्त्रलाई प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका हुन । उनले भने “ हामी अहिले नयाँ संविधान कार्यान्वयनको चरणमा छौं, विधिको शासनलाई आत्मसात गर्नुपर्दछ, शान्ति सुरक्षा कायम राख्न र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले खेलेको भूमिकाको हामीले प्रशंसा गछौं र भोलिका दिनमा पनि आम जनताको शान्ति सुरक्षा र विपद व्यबस्थापनमा सशस्त्र प्रहरीको भुमिका महत्वपुर्ण हुनेछ । ”

कार्यक्रममा बोल्दै उप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सशस्त्र प्रहरीबाट मुलुकले धेरै आशा राखेको बताए । उनले भने “सशस्त्र प्रहरीले आन्तरिक सुरक्षा, सीमा सुरक्षा र अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको छ, जुन भुमिका भोलिका दिनमा झन बढी उत्तरदाहित्व वोद गर्नुपर्दछ। ” सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले आफू सेवानिवृत्त हुन केही दिन बाँकी रहे पनि बाचुन्जेल देशको सेवा गर्ने कवल गरे। एक महिला सहित २५ जना प्रहरी निरीक्षक दीक्षित भएको सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारीदिए ।

फोटो :घनश्याम पाण्डे

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button