बालबालिकालाई विद्यार्थीको सहयोग

पोखरा-

पोखरा बहुमुखि क्याम्पसका विद्यार्थीले सडक र श्रमिक बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् । सामाजिक काममा विद्यार्थीको सक्रियता बढाउने उद्देश्यले मंगलबार एक कार्यक्रम आयोजना गरेर सडक र श्रमिक बालकहरुलाई न्यानो कपडा वितरण गरेको विद्यार्थीले बताएका छन् ।

क्याम्पसमा मानविकी र व्यवस्थापन संकायमा स्नातक तह तेश्रो वर्षमा अध्ययनरत विद्यार्थीले जात्रा फिल्मको च्यारिटी शो गरेर संकलित रकमबाट न्यानो कपडा किनेका थिए । कपडा वितरण समुहकासंयोजक सन्देश क्षेत्रीका अनुसार फिल्म प्रदर्शनसँगै केही सहयोग प्रायोजकबाट पनि जुटाइएको थियो । उनका अनुसार २३ जना बालकहरुलाई न्यानो कपडा वितरण गरियो । बालकहरुलाई ज्याकेट, टोपी, जुत्तामोजा दिइएको थियो भने खाना पनि खुवाइएको थियो ।

पोखरा–९ का वडा सचिव लोकदर्शन कोइराला र क्याम्पस प्रमुख सुनील मर्सानीले बालकहरुलाई कपडा वितरण गरेका थिए । चिसोमा कठांग्रिएका बालकहरुले न्यानो कपडा पाएपछि खुशी व्यक्त गरेका थिए । क्याम्पस प्रमुख मर्सानीले सामाजिक काममा विद्यार्थीको सक्रियता बढाउन यस्ता कार्यक्रमले सघाउ पुग्ने बताए । सचिव कोइरालाले विद्यार्थीलाई सामाजिक काममा सक्रियता बढाउनका लागि सबैको हौसला मिल्नुपर्ने बताए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button