पृना क्याम्पसमा विज्ञान संकायको पढाइ अवरुद्ध

पोखरा –

पृथ्वीनारायण क्याम्पसमा दस वर्षदेखि दैनिक ज्यालामा अध्यापन गरिरहेका विज्ञान विषयका आंशिक शिक्षकहरुले मंगलबारदेखि कक्षा अवरुद्ध गरेका छन् । आंशिक शिक्षक आन्दो लन तदर्थसमिति अन्तरगत विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा कार्यरत शिक्षकहरुले उक्त आन्दोलनका घोषणा गरेका हुन् ।

एकसाता अघि क्याम्पस प्रशासनसमक्ष ४ बुँदे मागपत्र बुझाएका आंशिक शिक्षकहरुले सोमबारसम्म कुनैपनि प्रतिक्रिया नपाएपछि आन्दोलनको दोस्रो चरण सुरु गरेका हुन् । प्रशासनसमक्ष बुझाइएको ज्ञापनपत्रमा कक्षाभार पुगेका शिक्षकहरुलाई तत्काल करारमा नियुक्त गर्नुपर्ने उल्लेख गरिएको छ । त्यस्तै, तत्काल करारमा नियुक्त गर्न नसके वा नमिले आन्तरीक करारको व्यवस्था गर्नुपर्ने, आंशिक शिक्षकलाई करार सेवामा कार्यरत शिक्षकबराबरको तलब सुविधा उपलब्ध गराउनु पर्ने र कक्षाभार पुरा नभएका शिक्षकहरुलाई समेत उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।

वि. सं २०६४ देखि आंशिक शिक्षककारुपमा कार्यरत एवं समिति संयोजक राजन पौडेल क्षेत्रीले पटकपटक ज्ञापनपत्र बुझाई ध्यानाकर्षण गराएपनि क्याम्पस प्रशासन र सम्बन्धित निकायले चासो नदिएकाले पठनपाठन गर्न बाध्य हुनु परेको बताए । उनले यस आन्दोलनबाट आम विद्यार्थीमा पर्न गएको असुविधाप्रति दुख व्यक्त गर्दै पेसा र सम्मानकाखातिर अघि बढ्न बाध्य भएको उल्लेख गरे । यसपटकको आन्दोलनलाई समेत नजरअन्दाज गरे संकायका सम्पूर्ण शिक्षकहरुले सामुहिक राजीनामा दिने समेत उनले स्पष्ट पारे ।

समितिले क्याम्पस प्रशासनसमक्ष बुझाएको ज्ञापनपत्रको बोधार्थमा सहायक क्याम्पस प्रमुख, राजनीतिक दलका पेशागत संगठन, विभिन्न विभाग र विद्यार्थी संगठनलाई उल्लेख गरिएको छ । हाल विज्ञान तथा प्रविधि संकायमा ६७ जना आंशिक शिक्षक कार्यरतछन् ।आजको समाधान राष्ट्रिय दैनिकमा यो समाचार छापिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button