पिएनमा छात्रा विभाग गठन

पोखरा-

पृथ्वी नारायण क्याम्पसमा विद्यार्थीहरुको मंगलबार बसेको भेलाले नयाँ शक्ति छात्रा विभाग गठन गरेको छ । पृथ्वीनारायण क्याम्पसको प्राङ्गगणमा आयोजित एक भेलाले अस्मिता बाँनियाको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति गठन भएको हो । त्यसैगरि उपाध्यक्षमा उषा पौडेल, सचिवमा कन्चन परियार, कोषाध्यक्षमा विनिता श्रेष्ठ, सहसचिवमा सिर्जना आचार्य र सदस्यमा गंगा थापा, अन्जलि दाहाल, सेविका परियार, सुनिता केसी, दुर्गा राना, नमुना पौडेल, एलिशा पौडेल, विजया सुवेदी, जमुना कुमाल, प्रतिभा पौडेल, कल्पना रानालगाएत रहेका छन् ।

भेलाका प्रमुख वक्ता नयाँ शक्ति विद्यार्थी युनियनका प्रशिक्षण विभाग प्रमुख नेत्र चाँपागाईले समृद्धीका बाहकनै विद्यार्थी रहेको कुरा जनाएका थिए । त्यसैगरि विद्यार्थी केन्द्रीय सचिवालय सदस्य रेशम सापकोटाले महिला विद्यार्थीहरु चुस्त रुपमा अगाडी बढी आफ्नो हक र अधिकारका लागि महिलानै लागिपर्नुपर्ने बताए । नवगठीत कमिटीकी अध्यक्ष बाँनियाले विद्यार्थीको हकहितका लागि आफु लागिपर्ने प्रतिवद्धता व्यक्त गरेकी थिईन् । पुजा पौडेलेको अध्क्षतामा सम्पन्न भेलाको संचालन तारा जिसीले गरेकी थिईन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button