पोखरा महानगरको २६, २८ र २९ मा पनि एमालेको प्यानलनै विजयी

पोखरा –

पोखरा लेखनाथ महानगरपालिका वडा नं २६, २८ र २९  मा नेकपा एमालेको  प्यानल विजयी भएको छ ।

महानगरको वडा नं २६ मा नारायणप्रसाद बराल २१३० मत सहित  बिजयी भए।  वडामा  निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मुरारी शर्माले १५८६  मत प्राप्त गरे । वडाको महिला सदस्यमा मुरली थापा तथा  दलित महिला सदस्यमा शर्मिला विश्वकर्मा विजयी भए । त्यसैगरि खुल्ला सदस्यमा खड्कबहादुर रानाभाट र रामकृष्ण जिसी निर्वाचित भए ।

महानगरको  वडा नम्बर २८ मा पनि एमालेको प्यानल विजयी भएको छ ।

वडाको अध्यक्षमा निर्मल दियाली सुनार १५२५ मत सहित बिजयी भए । वडा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विकाश लामा गुरुङले १४४८ मत प्राप्त गरे । वडाको महिला सदस्यमा अम्विका बुढाथोकी तथा दलित महिला सदस्यमा कल्पना परियार विजयी भए । त्यसैगरि  खुल्ला सदस्यमा बिष्णुप्रसाद तिवारी र बैन बहादुर क्षेत्री निर्वाचित भए  ।

यसै गरि महानगरको   वडा नम्बर २९ मा पनि एमाले प्यानल सहित  विजयी भएको छ ।

वडाको अध्यक्षमा चेतबहादुर गुरुङ १४९८ मत सहित विजयी भए । वडामा  निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपकमणि भण्डारीले १२२३ मत प्राप्त गरे ।  वडाको महिला सदस्यमा निर्मला पौडेल तथा  दलित महिला सदस्यमा मनकुमारी सुनार विजयी भए ।  त्यसैगरि खुल्ला सदस्यमा थलबहादुर पाण्डे थापा र हेमबहादुर बानिया निर्वाचित भए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button