पोखरा महानगरको नतिजा : दुइ तिहाइ एमाले, एक तिहाइ कांग्रेस (विवरण सहित)

पोखरा –

पोखरा लेखनाथ महानगरको  वडा अध्यक्षमा नेकपा  एमालेले  दुइ तिहाइ नतिजा हात पारेको छ । वडाका कुल ३३ वडा मध्य नेकपा एमालेले २२ वटा वडाको  अध्यक्षमा  जित हासिल गरेको हो  ।

महानगरका २० वटा वडामा सम्पूर्ण प्यानल सहित बिजेता बनेको एमालेले २ वटा वडा ८ र २२ मा भने वडा अध्यक्ष हात पारेको छ  । एमालेले महानगरको  वडा नम्बर १, ५, ७, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २४, २५, २६, २८ , २९ , ३०, ३१ र  ३३ नम्बर वडामा प्यानल सहितको जित हात पारेको हो ।

महानगरको वडा अध्यक्षमा बाकि एक  तिहाइ नतिजा नेपाली कांग्रेसले हात पारेको छ ।  महानगरका  ११ वटा वडामा नेपाली कांग्रेसले वडाको अध्यक्षमा  जित हासिल गरेको हो।

महानगरका ७  वटा वडामा सम्पूर्ण प्यानल सहित बिजेता बनेको कांग्रेसले   बाकि ४ वटा वडामा मिश्रित परिणाम सहित वडा अध्यक्ष हात पारेको हो । कांग्रेसले महानगरको २, ३ , ४, ९, १० , २३ र २७ नम्बर वडामा प्यानल सहित बिजेता बनेको हो  । महानगरको वडा नम्बर ६, ११, १२ र ३३ मा  कांग्रेस उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भए ।

महानगरमा माओबादी केन्द्र लगायतका अन्य सन्ना  दलले भने खाता सम्म खोल्न सकेनन ।

[table id=15 /]

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button