निर्वाचन प्रचार प्रसार गर्ने आज अन्तिम दिन, पोखराका मेयर प्रत्यासि के भन्छन ?

पोखरा, २८ बैशाख-

विगत १९ बर्ष पछि हुन लागेको स्थानिय तहको निर्वाचनमा सहभागि हुन विभिन्न पार्टी तथा स्वतन्त्रका उम्मेदवार हिजोआज घर दैलो तथा सभा सम्मेलनमा व्यस्त भएका छन । पहिलो चरणमा यही वैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनमा देशकै ठूलो पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेपाली कांग्रेस, नेकपा एमाले, संघीय समाजवादी फोरम, राप्रपा सहित स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा उत्रिदै प्रचार प्रसारमा जुटेका  छन ।  पहिलो चरणको निर्वाचन प्रचार प्रसार गर्ने आज अन्तिम दिन समेत हो। निर्वाचन आयोगले  मतदान हुनुभन्दा ४८ घण्टा अघि देखि लागु हुने गरि तोकेको मौन अवधि अवधि विहीबार राति १२ बजे देखि प्रारम्भ हुनेछ ।

पोखरा लेखनाथ महानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मेयरमा रामजी कुँवर, नेकपा एमालेबाट मेयरमा मानबहादुर जिसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गीता गुरुङ, संघिय समाजवादी फोरम नेपाल र नयाँशक्तिको संयुक्त प्यानलबाट संघीय समाजवादीका हुमबहादुर तमु , अखण्ड नेपालबाट मोति गिरी, नेपाल परिवार दलका तर्फबाट कल्पना बराल, पूर्व राष्ट्र सेवक लोकतान्त्रिक पार्टीबाट मधुकर न्यौपाने, नेकपा संयुक्त पार्टीका तर्फबाट प्रेमकाजी गुरुङ, अमनविक्रम थापा, पदमबहादुर गुरुङ, महेन्द्रकुमार थापा र रेशमराज पन्थिले स्वतन्त्र मेयरमा उम्मेद्वारी दिएसंगै चुनावी प्रचारमा जुटेका छन । नेकपा माओवादी केन्द्रले कांग्रेस संग चुनावी तालमेल गरेसंगै पोखरा लेखनाथबाट मेयरमा उठन लागेका विश्वप्रकाश लामिछानेलाई उम्मेदवारी फिर्ता गराएको हो । चितवनमा मेयरमा नेकपा माओवादी केन्द्रलाई दिने सहमति अनुसार पोखरामा माओबादीले मेयर पदको उम्मेदवारबाट नाम फिर्ता गरेको हो ।

पोखरा लेखनाथ महानगरपालिकामा ३३ वटा वडा रहेका छन भने कास्कीमा थप ४ वटा गाउपालिका समेत रहेका छन । पोखरा लेखनाथ महानगरपालिकामा एक जना मेयरको लागि १६ जनाको प्रतिष्प्रर्धा हुदै छ भने एक जना उपमेयरको लागि ११ जना चुनावी मैदानमा रहेका छन । स्थानिय तहको निर्वाचनबाट पोखरा लेखनाथ महानगरपालिकाले १ सय ६७ जना जनप्रतिनिधिहरु पाउने छ । पछि निर्वाचित टोलीले ३ जना चयन गर्ने छ । प्रदेश नम्बर ४ मा रहेकोे पोखरा लेखनाथ महानगरपालीका पर्यटकीय दृष्टिले निकै महत्वपुर्ण स्थलको रुपमा रहेको छ । भोलिको पोखरा लेखनाथ महानगरपालीका वनाउने के कस्ता सपना वोकेर चुनावी मैदानमा उत्र्रिएका छन त पोखरा लेखनाथ महानगरपालीकाका उम्मेदवारहरु । पोखरा न्युजले पोखरा लेखनाथ महानगरपालीकाका उम्मेदवारहरुसंग गरेको कुराकानीको केहि अंश तल प्रस्तुतः गरिएको छ ।

राम्जी कुंवर
नेपाली कांग्रेस

लामो समय देखि हुन नसेकेको स्थानिय तहको निर्वाचन यस बर्ष हुन लागेकोमा राजनीतिक दलहरु मात्र नभई जनताहरु समेत निकै हर्सित भएका छन । चुनावी प्रचारमा हामीहरु जुटि रहदा आम पोखरा लेखनाथ वासिहरु निकै उत्साहित भएका छन । घर देलो तथा सभा सम्मेलन गर्न हामीलाई यति वेला भ्याई नभ्याई भएको छ । देश संकटमा पर्दा कागेंसले नै पार लगायकोले हाम्रो पार्टीको विकल्प छैन । हाम्रो पार्टीको पक्षमा जनलहर राम्रो छ । स्थानिय विकास र समृद्धी गराउने, तल्लो बर्गका व्यक्तिहरुलाई समेत समृद्धी गर्ने रणनितीमा अहिले जानुपर्दछ त्यसमा हाम्रो पार्टी कटिवद्ध रहेको छ । पोखरा लेखनाथ महानगरपालीकामा पर्यटन , उद्योग, बेरोजगार मुक्त शहर बनाउने मेरो मुख्य योजना रहेको छ । संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य अति सुन्दर शहरको रुपमा विकास गराउने, आधुनिक तथा सुविधा सम्पन्न शहरको रुपमा विकास गराउने मेरो लक्ष्य रहेको छ । पोखरामा छिट्टै भन्दा छिटो क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निमार्ण गराउन पहल गर्ने, बसपार्क र चिडीयाखाना लगायतका संरचनामा हाम्रो ध्यान जानेछ । कृषिमा आधुनिकरण गरी जेष्ठ नागरीक तथा अपाङगता भएका व्यक्तिहरुको लागि छुट तथा सहुलियतमा दिने सेवाको बारेमा हामीले सोचेका छौं । भ्रष्टचारमुक्त शहर, हरियाली शहर,खानेपानीको सहप पहुच बनाउने हाम्रो मुख्य लक्ष्य राखिएको छ । ५ बर्षमा ५ सय किलोमिटर क्षेत्रमा पिच सडक निमार्ण गर्ने छौं । जनता र विदेशीले हाम्रो पार्टीलाई पक्ताउने भएकोले पनि यसमा धेरै योजना सफल हुन्छन । औधोगिक शान्ति र उत्पादन बृद्धिमा मेरो मुख्य जोड हुनेछ , रोजगारदाता र श्रमिक बिचको सम्वन्ध सुमधुर पार्नेमा समेत म लाग्ने छु ।

हिमाल, पहाड र तालैतालको शहर याहाँ पर्यटनको प्रचुर सम्भाबना रहेकोले नगरमा रहेका पर्यटकीय सम्पदाहरुको बिकास गरि यसलाई सुन्दर पर्यटकीय शहर सगै स्मार्ट सिटी बनाएर पहल गर्ने छु। प्रत्येक नगरबासिलाई शिक्षीत बनाउने र बालबालिकाको उज्वल भविष्यको लागि गुणस्तरिय शिक्षामा जोड दिने , स्बास्थ्यको सहज पहुच सगै खेलकुद र धार्मीक पर्यटकीय शहरको रुपमा बिकास गर्ने । अन्तराष्टिय स्तरको किक्रेट र फुटबल मैदान निमार्ण गरि खेलकुद शहरको स्पमा पहिचान गराउने । शहरका प्रत्येक नगरबासिका घरमा स्बच्छ पिउने पानीको, सडक , ढल र फोहर ब्यबस्थापन गर्न ल्याणफिल्डको उचित ब्यबस्थापन गर्ने , आउदो ३ बर्षभित्र नगरमा रहेका सबै सुकुम्बासिहरुलाई जग्गाको लालपुर्जा सगै उनिहरुलाई घर समेत निमार्ण गरिदीने । ताल संरक्षणका लागि दिर्घकालीन रणनिती सगै योजना बनाएर अघि बढ्ने, नगरलाई ग्रीन सिटीको रुपमा बिकास गर्ने ,लेखनाथमा बन्न लागेको चिडियाखानलाई ब्यबस्थीत बनाउने । माओबादी केन्द्रले समेत मेयरबाट उम्मेदवारी फिर्ता गरेकोले थप आफुहरुको जित सुनिस्चित हुनेछ ।

मान बहादुर जिसी
नेकपा एमाले

पोखरा लेखनाथ महानगरपालिकालाई समृद्ध बनाउन ५ बर्षमा ५ काम गर्छु । प्रबिधि र सेबाग्राही मैत्री शहर बनाउने मेरो मुख्य एजेण्डा हो । सरकारी काम प्रविधि मैत्री र छिटो छरीयो बनाउने सेबाग्राहीले तत्काल सेबा पाउन भन्ने उदेश्यले सेबा प्राधिकरण गठन गर्ने, सर्बजनिक सवारी साधनमा जिपिएस जडान गर्ने , अती ब्यस्त र महत्बपुर्ण स्थानहरुमा फि बाईफाईको ब्यबस्था मिलाउने लगायतका काम गर्ने योजना छ ।

उद्यमशील शहर पोखराको समग्र बिकासको लागि पहिला विकासको ईन्जिनको रुपमा रहेको अन्र्तराष्टिय बिमान स्थल निमार्णमा जोड दिने । रोजगारिको क्षेत्रको बिकास गर्ने र युवा उद्यमीको शहरको रुपमा बिकास गर्ने, बेरोजगार युवालाई विदेश पलायन हुनबाट रोक्ने । बाताबरणमैत्री शहर – पोखरा पर्यटकीय शहर रहेकाले यसलाई बताबरणमैत्री शहरको रुपमा बिकास गर्ने , फोहरहरुलाई रिसाईकल गरि स्बच्छ र हरियाली शहरको रुपमा बिकास गर्ने । प्रत्येक बडामा १÷१ बटा पार्कको निमार्ण गर्ने , पर्यटन सगै मनोरञ्जन उद्योगको रुपमा बिकास गर्ने । स्बास्थ्यकर पानी र स्बच्छ समाज निमार्ण – नगरमा रहेको खानेपानीको समस्या समाधान गरि सिधै धाराबाट आएको पानी पिउन योग्य बनाएर पोखरालाई बोत्तल रहित शहरको रुपमा बिकास गर्ने । दिगो मोडलको बिकास – हाल बन्ने बिकास निमार्णका काम तथा मापढण्ड बनाएको २÷३ बर्षका लागि समेत नहुने गरि बनाईने गरेको र आफुले आगामी ५० बर्षलाई हेरेर दिर्घकालीन योजना बनाउने । हाल रहेका नगरका साधुरा बाटाहरुलाई बिकास गरि ब्यबस्थीत बनाउने , सिटी बसपार्कको निमार्ण गर्ने । तत्कालिन मालेनिकट अखिलबाट राजनीतिक यात्रा शुरु गरेसंगै एमाले कास्की ईञ्चार्ज तथा वैकल्पिक केन्द्रीय सदस्यमा हाल रहेको छु ।

समृद्ध पोखरा लेखनाथ महानगरपालिका बनाउने उद्धेश्यले भएको साधन र श्रोतलाई अधिकतम सदुपयोग गरेर पोखरालाई समृद्धिमा लैजाने प्रयास मा छु । स्मार्ट सिटी बनाउने भन्दा पनि त्यसका लागि आवश्यक पूर्वाधार निर्माण मेरो प्राथमिकतामा पर्ने छ। स्पष्ट भिजन र बलियो पार्टी एमाले नै मेरोे जितको आधार हो । पदमा विजयी भएपछि अर्जुनदृष्टि लगाएर महानगरलाई समृद्ध बनाउन लागि पर्ने छु । एमालेको अर्जुनदृष्टि पोखरा लेखनाथको समृद्धि,’ विकासको असमानता भएको हाम्रो महानगरमा समानुपातिक विकास आवश्यक छ, त्यसको लागि योजना बनाएरै काम गर्नेछु। पोखरा महानगरमा भगौलिक चुनौती रहेकोले गाविसबाट सिधै महानगरका वडा बनेका ठाउँमा आधारभूत आवश्यकताको पूर्वाधार निर्माण गरी महानगरको सेवा अनुभूति हुने गरी काम गर्न म कटिबद्ध छु।

हुम बहादुर तमु
संघीय समाजवादी फोरम नेपाल र नयाँशक्ती पार्टी

पोखरा लेखनाथलाई महानगर घोषाण गरिए पनि त्यस अनुसारको पुर्बाधार कमि भएकोले गामिण बस्तीलाई जोडेर रिङरोड निमार्णसंगै भैतीक पुर्बाधार निमार्णको कामलाई प्राथमीकता दिनेछु । पोखराको पहिचान , अधिकार र समृद्धीका लागि मेरो उम्मेदवारी हो। सबैको सहभागिता र सदभाबको सास्कृतीक शहर, सबैले अपनत्ब गर्ने गरि समृद्ध शहरको रुपमा बिकास गर्ने, नगरको भैतीक बिकास गराउने । हाल शहरका बिभिन्न स्थानमा ६ दिनमा पनि खानेपानि नआउने गरेकोमा त्यस समस्यालाई समाधान गरि २४ औ घण्टा खानेपानी आफुर्तीहुने ब्यबस्था मिलाउने । बिभिन्न समस्यालाई प्रबद्धन गदै समाजसेबामा सकृय भएर योगदान दिएका नगरका ५ संघ संस्थालाई प्रत्येक बर्ष १÷१ करोडको सामाजिक सेबा सम्मानबाट पुरस्कृत गर्ने । प्रदेश नम्बर ४ को केन्द्र पोखरामा रहेको कास्की पत्रकार महासंघको भबनलाई मिडियाग्रामको रुपमा बिकास गरि प्रबिधि सम्पन्न गराउने । अन्तराष्टिय खेलकुद शहरको रुपमा बिकास गर्न रंगशाला निमार्ण गर्ने, शहरका बिभिन्न क्षेत्र समेटेर सम्भाबना रहेको क्षेत्रलाई पहिचान गरि प्याकेजको रुपमा बिकास गरि सुन्तला ,आलु, मत्स्य, तरकारि, नगदेबाली लगायतका क्षेत्रको बिकास गर्ने । काहु डाँडामा पर्यटन प्रबद्धन गर्न फुलबारिबाट काहुडाँडासम्म केबलकार संचालन गर्ने । कुनैपनि सहरको आधार भनेकै सडक भएकाले यसको सहि ब्यबस्थापन मेरो पहिलो प्राथमिकता हुने छ ।

गिता गुरुङ

राप्रपा

पछि परेका वा पारिएका महिला तथा विभिन्न जातिहरुको लागि सिप प्रदान गर्ने । पिछडीएका तथा न्युनआए भएका महिलाहरु बिशेष प्राथमीकतामा सगै नगरका सबै महिलाहरुलाई सहुलीयत ऋणको ब्यबस्था गरि बिभिन्न सिप सिकाउने तथा तालिम दिएर आयआर्जनको काममा लगाएर आत्मनिर्भर बनाउने । म निर्बाचित भएको खण्डमा सबैभन्दा पहिला पोखराको पृथ्बिचोक स्थित अबयबस्थित बसपार्कलाई ब्यबस्थीत पार्छु । जनताका घर दैलोमा स्बच्छ खानेपानी पुर्याउने , मापदण्ड कार्यान्बयन गरि नगरका साना तथा साघुरा बाटोहरुलाई मापदण्ड अनुसार चक्लाउने ,नगरका गामीण भेगमा पर्ने बाटोहरुलाई प्राथमीकतामा राखि कालोपत्रे गर्ने र सबै नगरबासिहरुको सबै क्षेत्रमा सबैको पहुच पुर्याउन रिङ रोड बनाउने, नगरका सबै स्थानमा ढल निकासलाई ब्यबस्थित गरि पोखरालाई सफा सुन्दर पर्यटकीय नगर बनाउने । संविधानले दिएको अधिकार प्रयोग गर्न महिलालाई अघि सार्ने छु ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button