पोखरामा ई रेक्सा संचालन भए कारवाही गर्ने चेतावनी

पोखरा-
पोखरामा ई रेक्सा संचालन भए कारवाही हुने जिल्ला ट्राफिक कार्यालय कास्कीले चेतावनी दिएको छ । जिल्ला ट्राफिक कार्यालय कास्कीका सहायक प्रहरी निरिक्षक शिव थापाले चैत १८ गते देखि कुनै पनि ई रेक्सा पोखरामा चल्न नदिने यदि चलेको खण्डमा कारवाही गरिने चेतावनी दिएका हुन ।

जिल्ला ट्राफिक कार्यालयले चैत १६ गते देखि ई रेक्सा पोखरामा संचालन गर्न नदिने भएको छ । यातयात व्यवस्था कार्यालयको निर्देशन कान्वयनको लागि आफुहरुले काम सुरु गरेको थापाले बताए। यही चैत ८ देखि १५ गतेसम्म इ रेक्सा चालकहरुलाई सम्झाई बुझाई गर्ने अभियानमा रहेको उनले बताए । पोखरामा हाल करिब ४० वटा ई रेक्सा व्यवसायिक रुपमा संचालनमा आएका छन ।

गण्डकी यातयात व्यवस्था कार्यालय पोखराले पोखराको ट्राफिक व्यबस्थापनमा ई रेक्साले थप समस्या पारेको तथा उपत्यका र पहाडी क्षेत्रमा ई रेक्सा अनुमती नदिएकोले पोखरामा ई रेक्सा पुर्ण रुपमा प्रतिवन्ध गर्न लागिएको कार्यालय प्रमुख तिलक पौडेलले बताए । उनका अनुसार यातयात व्यबस्था कार्यालय जिल्ला समन्वय समितिका अध्यक्ष हरी प्रसाद मैनालीको अध्यक्षतामा गत फागुन ८ गतेको बैठकले उक्त निर्णय गरेको हो । कार्यालय प्रमुख पौडेलका अनुसार समितिले उक्त निणर्य पुर्ण रुपमा कान्वयन गर्न जिल्ला ट्राफिक कार्यालयलाई दिइएको बताए ।
तीन पाङग्रे ई रेक्सा व्यवसायिक हिसावले सामानहरु ओसर पोसारमा धेरै सहज भएको व्यवसायिहरुले बताएका छन ।

पोखराका एक ई रेक्सा चालक देविप्रसाद पौडेलले आफुहरुले गरी खान पाउनु पर्ने माग गरे । उनले भने “ हामीले विहान १० बजे पछि ई रेक्सा पोखरामा नचलाउन पनि तयार छौं, हामीले मुख्य सडक क्षेत्रमा चलाउदैनौं, हामीले जेन तेन गरेर स्वरोजगार भएको यस पेशा विस्थापित गर्ने हो भने हामीलाई यस पेशाको विकल्प दिनुपर्छ। ”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button