५५ बर्ष अघिको पोखरा सम्झिदै डगलसले भने, पोखरा बिग्रिएछ

पोखरा –

‘पुरानो पोखरा’का फोटो संकलक डगलस हलले पहिलेको भन्दा पोखरा बिग्रिएको बताएका छन् ।

पोखरा उद्योग वाणिज्य संघको सभाहल र अमृत कक्षमा ‘पुरानो पोखरा’का संकलित फोटोहरु प्रदर्शनीको शनिबार उद्घाटन गर्दै फोटो संकलक हलले सो कुरा बताएका  हुन् ।

उनले पोखरामा पहिले पाटी÷पौवा तथा चौतारीहरु प्रशस्त भएपनि अहिले सबै मासिएको भन्दै चिन्ता व्यक्त गरे । डगलससँगै पोखरा आएकी उनकी श्रीमती केट हलले पनि चौतारी नदेख्दा मन खिन्न भएको बताईन् । टुटेफुटेको नेपाली बोल्ने हल दम्पतीले एकै स्वरमा भने,–‘पहिले पाटी÷पौवा तथा चौतारीहरु प्रशस्त थिए, कति राम्रो थियो त्यतिबेलाको पोखरा, अहिले त थकाई मार्ने चौतारी सबै मासिएछन्, पोखरा त बिग्रिएछ ।’ उनीहरुले धुवाँ, धुलो र पोल्युसन बढेको देखेर दिग्दारी लागेको बताए । यद्वपी विद्युत आएर झलमल्ल भएको तथा गाग्रीमा पानी बोक्ने दुःख हटेको देखेर खुशी व्यक्त गरे ।

डगलस दम्पती जतिखेर पोखरा आए त्यतिबेला उनीहरु वैवाहिक जीवनमा प्रवेश गरेका थिएनन् । उनीहरु सन् १९६२ सालमा नेपाल आएका थिए । नेपालमै आउँदा डगलस र केटबीच माया प्रिती बसेको र अमेरीका फर्केर विवाह गरेको उनीहरुले सुनाए ।

भोलन्टियर सर्भिसका लागि ‘अमेरीकन पिस कर्प भोलन्टियर’ समूहमार्फत दुबै नेपाल आएका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button