पोखरा महोत्सवमा मंगलबारसम्म ७७ हजार दर्शक : ४ करोडको कारोवार

पोखरा – 

सातौ  पोखरा महोत्सवको पांचौ दिन सम्म आइपुग्दा दर्शकहरुले उल्लेख्य सहभागीता जनाएका छन । पोखराको अमरसिंह चौरमा जारी महोत्सवमा हाल सम्म ७७ हजार दर्शकले अवलोकन गरेका छन  भने ४ करोड ५ लाखको कारोवार भएको छ । महोत्सवमा पाचौ दिन मंगलबार मात्रै १६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्दा  एक करोड ५ लाखको कारोवार भएको महोत्सव प्रचारप्रसार संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा मंगलबार चर्चित लोकदोहोरी गायक पशुपति शर्माले लोक दोहोरी मार्फत दर्शकलाई मनोरन्जन प्रदान गरेका थिए भने हास्यकलाकारहरु चम्सुरी र दारीबाले हास्य प्रहसनबाट मनोरन्जन प्रदान गरेका थिएभने स्थानिय कलाकारहरुद्धारा लोकदोहोरी प्रस्तुत गरेका थिए । महोत्सवमा आयोजना गरीएको पोखरा तारा तीन अन्तर्गत मंगलबार टप आठ छनौट गरिएको छ । मंगलबार टप टेनबाट प्राप्ती तुलाचन, अनिल बिक, प्रकाश तामाङ, सुगम थापा, विशाल रेग्मी, बवि सुनार, यम बहादुर नेपाली र यम डि काफ्ले टप आठमा पर्न सफल भएभने उषा गुरुङ र प्रशान्त तामाङ प्रतियोगिताबाट बाहिरिए ।

महोत्सवको प्रत्येक टिकटमा नेपाल टेलिकमको सीम प्राप्त गर्न सकिने र त्यसका लागी एक प्रति फोटो नागरिकता वा सवारी चालक प्रमाणपत्रको प्रतिलिपी साथमा लिएर आउन दर्शकलाई आयोजकले आग्रह गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button