पोखरा महोत्सवलाई सफल पार्न विभिन्न संघ सस्थाले सहयोग गर्ने

 पोखरा-

सातौ पोखरा महोत्सवलाई भब्य र सभ्य ढंगले सफल बनाउनका लागी पोखरा उपमहानगरपालिका भित्र रहेका विभिन्न संघ सस्थाहरुले सहयोग गर्ने भएका छन । बिहीबार अमरसिंह चौरमा आयोजित संघ सस्था, झाकी तथा ¥याली ब्यवस्थापन उपसमिती र महिला समन्वय समितीको भेलाले युनाइटेड क्लवको आयोजनामा पुस २९ देखि माघ १० गते सम्म पोखरा अमरसिंह चौरमा आयोजना हुने सातौ पोखरा महोत्सवलाई सफल बनाउनका लागी सवैले आफ्नो ठाउबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन ।

पोखरा उपमहानगरपालिकाभित्रका २९ वटै वडाका टोल बिकास संस्था वडा समन्वय समिती, टोल बिकास संस्था महिला वडा समन्वय समिती, २९ वटै वडाका सामाजिक परिचालक, नगर महिला समन्वय समिती र टोल बिकास संस्था नगर समन्वय समितीका पदाधिकारीहरुको बैठकले पोखरा महोत्सव युनाइटेड क्लवको मात्र नभइ पोखराको गौरवको महोत्सव भएकाले यसलाई सभ्य र भब्य बनाउनका लागी लागी पर्ने वताएका हुन ।
संघ सस्था तथा झांकी ब्यवस्थापन उपसमितीका संयोजक सम्मर बहादुर श्रेष्ठको संयोजकत्वमा सम्पन्न भेलामा वोल्दै महिला नगर समन्वय समिती पोखराका अध्यक्ष पवित्रा गुरुङले पोखरा महोत्सव अन्य मेला महोत्सव भन्दा भिन्न प्रकारको उद्देश्यका साथ अगाडी वढेकाले महोत्सवलाई भब्य र सभ्य बनाउनका लागी सम्पूर्ण पोख्रेली लागी पर्नुपर्नेमा जोड दिइन । त्यस्तै टोल बिकास संस्था नगर समन्वय समितीका प्रथम उपाध्यक्ष उत्तम जोशीले युनाइटेड क्लवले महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माण संगै सेती नदी संरक्षणमा समेत आवाज उठाउदै आएकाले यो महोत्सव पोखराको गौरवको महोत्सव भएको वताए । नगर महिला समन्वय समिती पोखराका उपाध्यक्ष लक्ष्मी खाती परियारले पोखरा महोत्सवले छोटो समयमा सामाजिक क्रियाकलापमा अग्रणी स्थान ओगट्न सफल भएकाले महोत्सवलाई सफल बनाउन सवैले आफ्नो ठाउबाट सहयोग गर्न तर्फ जोड दिए । महिला वडा समन्वय समिती वडा नम्बर ९ का अध्यक्ष दिल माया गुरुङले पोखरामा छुट्टै पहिचान बोकेको पोखरा महोत्सवलाई भब्य र सभ्य बनाउन सम्पूर्ण पोखरेलीको दायित्व भएको वताइन ।

युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङले भेलामा सहभागी सवैलाई धन्यवाद दिदै पोखरा महोत्सव युनाइटेड क्लवको मात्र नभइ सम्पूर्ण पोखरेलीको महोत्सव भएकाले सवैले यसलाई साथ दिन आग्रह गरे । पोखरा महोत्सवको आफ्नो निश्चित उद्देश्यका साथ अगाड िवढेकाले उद्देश्य प्राप्तिका लागी आफुहरु हरदम लागी परिरहेको समेत गुरुङले वताए । संघ सस्था, झांकी तथा ¥याली उपसमितीका संयोजक सम्मर बहादुर श्रेष्ठ र महिला समन्वय उपसमिती संयोजक सीमा गुरुङको अध्यक्षतामा सम्पन्न भेलामा दुची टोल बिकास संस्थाका अध्यक्ष किरण भट्टचन लगायतकाले वोलेका थिएभने महोत्सव प्रचार प्रसार उपसमिती संयोजक तथा युनाइटे कलवका उपमहासचिव राजु श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button