पोखरा महोत्सवमा भेडिखर्के साईला सम्मानित, दर्शककोे चाप वढ्दै

पोखरा- 

पोखराको अमरसिंह चौरमा जारी सातौ संस्करणको पोखरा महोत्सवमा बिहीबार ठाडो भाकाका सर्जक दीर्घराज अधिकारीलाई सम्मान गरिएको छ । गण्डकी अञ्चलको लम्जुङ र तनहुँ जिल्लामा प्रचलित ठाडो भाकाको संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै युनाइटेड क्लवले ठाडोभाकाका शिरोमणी दीर्घराज अधिकारी भेडिखर्के साइलालाई दोसल्ला, ढाकाटोपी, नगद २५ हजार ५ सय ५५ रुपैया र प्रमाणपत्रले सम्मान गरेको हो ।

सम्मान समारोहमा पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगाना, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक खड्ग बहादुर खत्री, युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल, क्लवका महासचिव राजु श्रेष्ठ लगायतले संयुक्त रुपमा सम्मान गरेका थिए ।

भेडिखर्के साइला नामले चिनिने ठाडो भाकाका सर्जक दीर्घराज अधिकारीले ९ वर्षको उमेरदेखि ठाडो भाका गीत गाउदै आइरहेका छन । सो समारोहमा वोल्दै भेडिखर्के साईला दीर्घराज अधिकारीले आफुलाइ गरेको सम्मानले ठाडोभाकाको सम्मान भएको वताए । युवा पुस्ताले आधुनिकता तिर गइरहदा ठाडो भाकानै लोप हुने अवस्थामा पुग्ने हो की भन्ने चिन्ता रहेको वताए ।

सम्मान पश्चात भेडिखर्के साइला र मञ्जु बिकले ठाडो भाका मार्फत महोत्सवमा उपस्थित दर्शकहरुलाई ठाडोभाका मार्फत मनोरन्जन प्रदान गरेका थिए । त्यस्तै बिहीबार महोत्सवमा चर्चित दोहोरी गायक प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, चन्द्रा कार्की , चोलेन्द्र पौडेल लगायतले दोहोरी मार्फत मनोरन्जन प्रदान गरेका थिए ।

महोत्सवको सातौ दिन सम्म आइपुग्दा दर्शकको साथ पाउन सफल भइरहेको छ । महोत्सवको सातौ दिन १५ हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेको महोत्सव प्रचारप्रसार संयोजक राजु श्रेष्ठले जानकारी दिए । महोत्सवको सातौ दिन एक करोडको कारोबार भएको छ ।

महोत्सवको आठौ दिन लोकदोहोरी तर्फ राम्जी खाँड, प्रजापति पराजुली, पार्वती जिसी, नेत्र खड्का, मीना अधिकारी , पूर्ण गुरुङ, शंकर विरही गुरुङ, कमला गैह्रे लगायतको प्रस्तुती रहनेछभने हास्य ब्यङग्य तर्फ पोखरेली धुर्मुस र माग्ने बुढाको प्रस्तुती रहने छ । त्यसैगरी लाइभ तथा पप कन्सर्ट तर्फ स्याडोज नेपालको प्रस्तुती रहने कलाकार ब्यवस्थापन संयोजक दिनेश सुनारले जानकारी दिए ।

पोखरा महोत्सवमा लेखनाथको पचभैयामा निर्माणधिन वन्यजन्तु उद्धार केन्द्रको सहयोगार्थ राखिएको बन्यजन्तु अवलोकन केन्द्रमा जनावर अवलोकन गर्ने दर्शकहरुको उल्लेख्य सहभागीता जनाएको पर्यटन ब्यवस्थापन संयोजक भुवन ढकालले जानकारी दिए ।

सातौ पोखरा महोत्सवमा आयोजित पोखरा तारा तीन अन्तर्गत बिहीबार टप फाइभको छनौट सम्पन्न भएको छ । बिहीबार आयोजित टप फाइभ राउण्डमा प्राप्ती तुलाचन, बबि सुनार, यम बहादुर नेपाली, सुगम थापा र अनिल बिक छनौट भएभने बिशाल रेग्मी बाहिरिए ।बिहीबारको छनौट प्रतियोगितामा निर्णायकहरु सर्वज्ञमान शाक्य र करण तामाङले गरेका थिएभने कार्यक्रम सञ्चालन राज गुरुङले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button