अन्तराष्ट्रिय सफल पोखरा म्याराथन फागुन ७ मा हुने

५ हजार धावक सहभागि गराउने अध्यक्ष –रानाभाट

पोखरा-

पोखरामा फागुनको ७ गते ११ औं संस्करणको अन्तराष्ट्रिय सफल पोखरा म्याराथन २०७३ हुने भएको छ । भूतपूर्व खेलाडी मंच नेपालको आयोजनामा सुजल डेरीको उत्पादन सफल दुधको मुख्य प्रायोजनमा उक्त प्रतियोगिता हुन लागेको सुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

मंचका अध्यक्ष खड्कबहादुर रानाभाटले उक्त प्रतियोगिताको तयारीको बारेमा जानकारी गराउदै यस पटकको प्रतियोगितामा करीब ५ हजार जना धावकहरुलाई सहभागि गराउने दाबी गरे । उनले भने “ यस बर्ष हामीले एक सय ५० जना म्याराथन धावक सहभागि गराउदैछौं, सिटि म्याराथनको अवधारणलाई उजागर गर्न व्यक्तिको स्वास्थ्यको लागि खेलकुद आवश्यक भएकोले हामीले विभिन्न बिद्यालयका बिद्यार्थी एवं खेलकुदकर्मी सहितको गरी ५ हजार जनालाई रन फर रनमा सहभागि गराउने लक्ष्य राखेका छौं । ”पोखरा म्याराथनमा ४२ कि.मी. १९५ मीटर, छात्रा÷छात्र तर्फ ५ किमि. अपाङ्गता भएकाहरुको लागि व्हिल चियर महिला÷पुरुष ४ सय मिटर का इभेन्टहरु आयोजना गरिने भएको रानाभाटले जनाए। म्याराथनमा विजेताले ६० हजार, उपविजेताले ४० हजार, तेश्रोले २५ हजार र चौथो हुनेले ४ हजार साथमा ट्रफी मेडल प्रमाण पत्र प्राप्त गर्ने भएको उपाध्यक्ष तेज गुरुङले बताए । छात्रा÷छात्र तर्फ ५ किमिमा प्रथम हुनेले ७ हजार,उपविजेताले ५ हजार र तेश्रो हुनेले ३ हजार प्राप्त गर्ने भएका छन । व्हिल चियर महिला÷पुरुष तर्फ प्रथम हुनेले ३ हजार, दोश्रो हुनेले २ हजार र तेश्रो हुनेले एक हजार प्राप्त गर्ने भएको हो ।

लक्ष्मी हाउसको भातृ संस्था सुजल डेरीको उत्पादन सफल दुधले गत बर्ष देखि उक्त प्रतियोगिताको लागि ३ बर्षको सम्झौता गरेको छ । ३ बर्षको सम्झौतासकिए पनि पनि यसलाई निरन्तरता दिन सकिने भएको लक्ष्मी हाउसका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले बताए । प्रतियोगिता सम्पन्न गर्न करीब १६ लाख ६६ हजार खर्च लाग्ने आयोजकले जनाएको छ । शान्ति र स्वास्थ्यका लागि खेलकुद भन्ने भावनाको किवास गराउने, प्रतिभावान खेलाडीहरुको प्रतिभा प्रष्फुटन गराउने, बन्धुत्वको विकास गराउने, पोखराको पर्यटकीय प्रवद्र्धनमा टेवा दिने, सुन्दर पोखरा शहरलाई विश्व सामु चिनाउने मुख्य लक्ष्य राखिएको मंचले जनाएको छ । पत्रकार सम्मेलनमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, अमेरीकन समुह एएनएका अध्यक्ष मेदीनी अधिकारी, सहारा युकेका अध्यक्ष मीन गुरुङ लगायतले पोखराको ब्राण्ड वनाउने अभियामना पोखरा म्याराथनलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button