परिषदद्वारा आगलागीको घटना प्रति दुःख व्यक्त : पोखराको क्षमता र अवस्थामाथि प्रश्न

पोखरा-

पोखराको बाराहीचोकमा रहेको ट्राइस्टार रेस्टुरेन्ट र होटलमा मंगलबार राती भएको आगलागीको घटना प्रति पोखरा पर्यटन परिषद्ले दुःख व्यक्त गरेको छ ।आगलागीले करिब ३ करोड रुपैयाँको भौतिक क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको भन्दै परिषद्ले आगलागी  नियन्त्रणमा पोखरा उपमहानगरपालिका मातहत रहेका वारुणयन्त्रको क्षमता र अवस्थामाथि प्रश्न उठेको जनाएको छ ।

पोखरा पर्यटन परिषद्का महासचिब रामु गौतमद्धारा जारी विज्ञप्तीमा आगलागीवाट  होटल र रेस्टुरेन्टमा भएको क्षतिप्रति पर्यटन व्यवसायीको छाता संस्थाको तर्फबाट पोखरा पर्यटन परिषद्ले गहिरो दुख व्यक्त गर्दछ, भनिएको छ । जारी विज्ञप्तीमा राज्य पुर्नसंरचनासँगै पोखरा महानगर उन्मुख बन्दै गएको अवस्थामा पोखराले आफुलाइै सबैतिरबाट अब्बल बनाइराख्नु पर्ने अहिलेको आवश्यकता हो भनिएको छ । आगलागी जस्ता घटना जुनसुकै बेला जहाँपनि घटन सक्ने र  समयमै नियन्त्रण गर्न नसके आगलागीले  ठुलो जनधनको क्षति पु¥याउँने  भन्दै परिषद्ले जोखिम नियन्त्रण गर्नेगरि  पुर्ब तयारी थाल्नुपर्ने बताएको  छ । आगलागी हुनासाथ  २ वटा वारुणयन्त्रले  खबर पाएपछि पनि निकै ढिलागरि आगलागीस्थल आउनु, वारुणयन्त्रमा पानी फ्याक्ने क्षमता निकै कमजोर हुनु ,छोटो समयमै पानी सकिनु, खटिएका अग्नी नियन्त्रकमा प्राविधिक ज्ञान तथा प्राविधिक उपकरणहरुको कमीले गर्दा आगलागी नियन्त्रण गर्न झनै कठिनाई  भएको भन्दै परिषद्ले घटनाबाट सिकेर यस्तो समस्या  समाधानका गर्न तत्काल काम थाल्न नगरपालिकासगँ माग गरेको छ । सरकार वा स्थानीय प्रशासनले यस्ता घटनाबाट पाठ सिकेर आगामि दिनका लागि पुर्वतयारी गर्नुपर्ने भन्दै  जनशक्ति र सामग्री भएर मात्र तयारी पुरा नहुने र  ती सामग्री तथा जनशक्ति दक्ष ,सक्षम तथा तयारी अवस्थामा छन् छैनन् भन्नेतिर पनि ध्यान दिनुपर्ने परिषदले जनाएको छ  ।

विज्ञप्तीमा पोखरा विमानस्थलबाट ढिलागरि वारुणयन्त्र आएपछि मात्र  आगलागी नियन्त्रणमा आएको भन्दै महानगर उन्मुख पोखरामा एउटा रेस्टुरेन्टमा लागेको आगलागी नियन्त्रण गर्न भएभरको जनशक्ति र उपाय अबलम्बन गर्दा पनि घण्टौ समय लाग्नु आफैमा कमजोरी रहेको पुष्टि उल्लेख गरिएको छ  । पर्यटन क्षेत्रमा आइपरेका यस्ता घटनाप्रति सम्वेदनशिल भएर पर्यटन क्षेत्रको लगानी सुरक्षित गर्नेतर्फ ध्यान दिन हामी सम्बन्धित निकायसँग माग गर्दै  परिषदले आगजनीलाई नियन्त्रण गर्न सहयोग गर्ने बरुणयन्त्रका प्राविधिक, सुरक्षा निकाय, आम जनसमुदाय तथा पर्यटन व्यवसायी सम्पुर्णलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button