पोखराको पर्यटन प्रवर्द्धन गर्न श्रीलंकामा निम्तो

पर्यटन प्रवर्द्धन गर्न एमओयू गरौं –राजदुत पेरेला

पोखरा –

नेपालका लागि श्रीलंकन राजदुत डब्लु एस पेरेलाले पोखरेली पर्यटन व्यवसायीहरुलाई श्रीलंकामा निम्तो दिएकी छन ।

पोखरा पर्यटन परिषदको समन्वयमा शनिबार वेलुका पोखराका पर्यटन व्यवसायीहरुसंगको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै  राजदुत पेरेलाले नेपाल  श्रीलंका सम्वन्धको ६० औं बर्षगाँठको अवसरमा पोखरेली पर्यटन व्यवसायीहरुलाई निम्तो दिदै दुबै देशको पर्यटन प्रवर्द्धन गर्न हातेमालो गर्न तयार भएको बताएकी हुन ।

उनले भनिन“ पोखरा सहित नेपालको समग्र पर्यटन प्रवर्द्धन गर्न छिट्टै अनुरोध  पत्र पठाउन आग्रह गर्दछु, जसमा समग्र पर्यटन व्यावसायी र सरोकारवालाहरु समेटिने गरी समुह बनाउनुहोस, म यस वारेमा कुरा  राख्छु  । ” नेपाल विश्वकै सुन्दर देश मध्यमा पर्ने भएकोले यहाँको र श्रीलंकाको पर्यटन प्रवर्द्धन गर्न आफुहरु देशको तर्फबाट नेपालसंग सम्झौता गरेर अघि बढ्न तयार भएको उनले बताएकी हुन । श्रीलंकाको टुरिजम प्रमोशन व्युरो र नेपालको तर्फबाट नेपाल पर्यटन बोर्ड बिच पर्यटन प्रर्बद्धन गर्न एमओयू  गर्न सकिने उनको भनाई थियो ।

उनले भनीन “ नेपाल एउटा बौद्धमार्गीहरु भएको देश पनि हो, जहाँ शान्तिका प्रतिक भगवान गौतम बुद्ध जन्मेको देश, प्राकृतिक सौन्दर्यता र यहाँका पदमार्गले पर्यटनको धेरै सम्भावना छ, नेपाल र श्रीलंका बिचको सम्वन्ध ६० बर्ष देखि रहदै आएकोले दुबै देश मिलेर अघि बढेमा दुबै देशको पर्यटन विकाससंगै आर्थिक विकास गर्न सकिन्छ ।” कपिलवस्तु नेपालमा पर्छ भन्ने कुरा आफुलाई समेत थाहा नभएको बताएकी उनले नेपाल आए पछि यस बिषयमा आफु प्रष्ट भएको उनले बताईन । भारतमा कपिलवस्तु पर्छ भन्ने अधिकाशं श्रीलंकनहरुमा भ्रम रहेको पेरेलाले बताईन । दुवै देशको पर्यटन प्रवद्र्धन गर्न प्याकेज कार्यक्रमहरु समेत आवश्यक भएको बताएकी पेरेलाले काठमाण्डौं देखि श्रीलंकाको राजधानि कोलम्बोमा हिमालयन एयरलायन्सको सिधा हवाई सेवा अझ विस्तार गर्नु पर्ने बताइृन । उनले भनीन“ दुबै देश विचको पर्यटन विकासको लागि विभिन्न संचार माध्यमहरुलाई एक आपसमा प्रमोशनल रुपमा टुर गरायर, डकुमेन्ट्रीहरु वनायर, अधिकतम संचार क्षेत्रलाई प्रयोग गर्नु पर्दछ ।”

नेपालमा एक लाख श्रीलंकनहरु  आएको बताएकी उनले नेपालले श्रीलंकासंगको सहकार्यमा पर्यटन प्रवद्र्धन गर्न सके लाखौं श्रीलंकनहरु नेपाल भित्राउन सकिने वताइन  । संस्कृतिक, पर्यटन तथा नागरीक उडड्यन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले श्रीलंका र नेपालको पर्यटन प्रवद्र्धन गर्न दुबै देश विच सम्झौता (एमओयू) गर्न तयार रहेको बताए । उनले भने “ अझै पनि भारतले कपिलवस्तु भारमा पर्छ भन्ने भ्रम फैलाउदै आएको छ, नेपालमा रहेका बौद्धसर्किट रुटहरुको पहिचान गरी प्याकेज बनाउनु पर्दछ ।” कार्यक्रममा परिषदका अध्यक्ष सोम थापाले पोखरा संग सम्बन्धित प्रबर्धन सामाग्री राजदुत पेरेलालाइ हस्तान्तरण गरेका थिए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापाको अध्यक्षतामा भएको छलफलमा टान पश्चिमाञ्चल कार्यालय पोखराका अध्यक्ष दिपक अधिकारी, नेपाल पर्यटन वोर्ड पोखरा कार्यालयका बरिष्ठ अधिकृत सुर्य थपलिया, पर्यटन व्यवसायी गणेश बहादुर भट्टराई, डम्मर बहादुर केसी लगायतले बोलेका थिए ।

कार्यक्रममा सोम थापाले पोखरा संग सम्बन्धित प्रबर्धन सामाग्री राजदुत परेलालाइ हस्तान्तरण गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button