पोखरा पुम्दीकोटमा बिशाल महादेवको मुर्ति निमार्ण कार्य  छिट्टै थालनी गरिने

पोखरा-

पोखरा २५ पुम्दीकोटमा बिशाल महादेवको मुर्ति निमार्ण कार्य  छिट्टै थालनी गरिने भएको छ ।

पुम्दीकोट बिशाल महादेव मुर्ति निमार्ण उपभोक्ता एवं पर्यटन प्रवद्र्धन समितिले आईतबार नेपाल पत्रकार महासंघ कास्की शाखाको सभाहलमा आयोजना गरेको आय व्याय सार्वजनिक कार्यक्रममा  निमार्ण कार्य  छिट्टै थालनी गरिने बताइएको हो । मुर्ति निमार्ण सहित स्मृति पार्कको पहिलो काम मास्टर प्लान बनायर तत्काल सुरु गर्ने योजनामा आफुहरु रहेको पुम्दीकोट बिशाल महादेव मुर्ति निमार्ण उपभोक्ता एवं पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।

पुम्दीकोटमा हालै सम्पन्न भएकोे महाशिवपुराण एवं धार्मिक पर्यटन महोत्सवमा कुल  १० करोड १२ लाख ४९ हजार ७ सय ६३ रुपैया संकलन  भएकोमा ९ करोड ४० लाख ७१ हजार ७ सय ९५ रुपैया बचत भएको छ ।  फागुन ३ देखि १३ गते  संचालन भएको उक्त महोत्सव एवं महायज्ञमा ७१ लाख ७७ हजार ९सय ६८ रुपैया खर्च भएको समितिका कोषाध्यक्ष मातृका प्रसाद बरालले बताए ।  महायज्ञबाट संकलन भएको रकम मध्य हालसम्म  बैंकमा  १ करोड ६० लाख रुपैया मात्र जम्मा भएको  महायज्ञका आर्थिक उपसमिति संयोजक डिल्लीराम बरालले जानकारी दिए । धेरै दाताहरुले केहि दिन पछिको चेक भुक्तानी गरेकाले  चेकहरु बैंकमा जम्मा हुने क्रम जारीरहेको भन्दै  उनले रकम संकलन हुन केहि समय लाग्ने  बताए ।

महायज्ञमा मायाको चिनो शिव मुर्तीमा ३ लाख ७५ हजार, दान दक्षिणामा ८ लाख ७० हजार, टेण्ट तथा साउण्ड सिस्टममा ५ लाख ६० हजार, खाना खाजा तथा प्रसादमा ३ लाख ६५ हजार ५ सय ३९, आवासमा १ लाख १६ हजार ७०, पूजा सामाग्रि तथा फुल मालामा ७५ हजार ५ सय ४८, यातयात ढुवानीमा ६ लाख ८ हजार ६ सय १८, छपाई मसलन्दमा ३ लाख १३ हजार ६ सय ७५, सम्मान पत्र फ्रेममा ४ लाख २ सय ३८, फर्निचरमा ३८ हजार २ सय ३०, कार्यालय सामाग्रिमा २ लाख २ सय ५०, ज्याकेट, कलस रामनामीमा १६ लाख ८० हजार ५ सय र प्रचार प्रसारमा १६ लाख ५१ हजार ७ सय खर्च भएको आय व्याय सावर्जनीक गरिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसै गरी संरक्षक दानबाट एक करोड एक लाख भन्दा बढी, अर्धकदको सालिक दान २५ लाख भन्दा बढी दान गर्नेहरुबाट २ करोड २५ लाख, शिव सेनाबाट २२ लाख २२ हजार भन्दा बढी, शिवलिङग स्थापनार्थ १ करोड ८४ लाख ५० हजार, सांसदहरुबाट ३९ लाख ७५ हजार, एक लाख भन्दा बढी दान गर्ने सिडी संस्थापक सदस्यबाट ९५ लाख, २१ रोपनी १२ आना १ पैसा बराबरको जग्गाबाट १ करोड ४७ लाख सहितका अन्य विभिन्न शिर्षकबाट १० करोड १२ लाख संकलन भएको अर्थसंकलन उप–समितिले जनाएको हो ।

परिवारको तर्फबाट  महायज्ञमा सवै भन्दा बढी रकम एक करोड  दानको  उद्घोष गरेका  चन्द्रकान्त बरालले रकम   छिट्टै प्रदान गर्ने जनाए । दाताहरुले दिएको रकमको हर हिसाव पारदर्शी गर्दै निमार्ण कार्य अघि बढाउने सह–संयोजक हिमलाल बरालले जनाए । पुम्दीकोटमा १०८ फिट अग्लो महादेवको मुर्ति  निर्माण गर्ने आफुहरुको लक्ष्य भएतापनि प्राविधिक कारणले  गर्दा  कम्तिमा ७० फिटको महादेवको मुर्ति निमार्ण हुने भएको सचिव प्रकाश बरालले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button