पोखराको सस्तो बजारमा ढुंगा मुडा, एक घाईते

 

पोखरा ।

पोखराको  नयाँबजारमा रहेको सस्तो बजारमा आज (बुधबार) ढुंगा मुडा हुदा एक जना घाईते भएका छन । पोखरा नयाँबजारको सस्तो बजार क्षेत्रको जग्गा टेण्डरमा दिएको बिषयमा सस्तो बजारका व्यवसायीहरुले दिन भर जसो नारा बाजी गर्दै टेण्टर पारेका युवराज खतिवडा सहितको टोलीलाई ढुंगा मुडागर्दा खतिवडा घाईते भएका हुन ।

खतिवडाको टाउकोमा व्यवसायीहरुले प्रहार गरेको ढुंगा लागेर गम्भीर चोट लागेको छ । उनको गण्डकी मेडिकल कलेजमा उपचार भएको थियो भने उनको टाउकोमा ४ वटा टाका लगाइएको खतिवडाले बताए । सुरक्षाको लागि नेपाल प्रहरीको टोली विहान देखि दिउसो ३ बजेसम्म दोहोरो झडप हुन नदिन खटिएको थियो । खतिवडाले आफुले सरकारको नियम पालना गर्दै लाखौं रकम तिरेर आफुले संचालन गर्न पाउने अधिकार प्रयोग गर्न बन्चित गर्न जोखिएकोमा गुनासो गरे ।

नेपाल वायु सेवा निगम, क्षेत्रिय कार्यालय पोखराको २ हजार ६ सय ३२ बर्ग मिटरको क्षेत्रफलमा रहेको जग्गा खतिवडाले ५ बर्षको लागि सुर्य दील गु्रप ईन्भेष्टमेन्टबाट सम्झौता गरेका छन । उनले गत कार्तिक १ गते मासिक ११ लाख रुपैया निगमलाई तिर्ने गरी सम्झौता भए पनि हालसम्म सो क्षेत्रमा व्यवसायीहरुबाट एक रुपैया पनि उठाउन नपाएको खतिवडाले गुनासो गरे ।

पटक पटक स्थानीय प्रशासनसंग उक्त जग्गा उपयोग गर्ने वातावरण सृजना गर्न माग गर्दा सुनुवाई नभएको र बुधबार आफ्नो टेण्डर पारेको स्थानमा जान खोज्दा उल्टै व्यवसायीहरुको ढुंगा खानु परेको उनले बताए । सुर्य दील गु्रपका तर्फबाट राजेन्द्र बहादुर गोर्खाली र बायु सेवा निगम क्षेत्रिय कार्यालयका प्रवन्धक विजयबहादुर बस्नेतले ५ बर्षको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । सुर्य दील गु्रपले युवा व्यवसायी एवं फेवा एग्रिकल्चर प्रा.लि.सिद्धार्थचोकमा संचालन गरेका युवराज खतिवडालाई सस्तो बजार संचालनको लागि टेण्डर प्रकृया देखि नै अख्तियारी दिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button