पोखरामा फुटवल मैदान सहितको अन्तराष्ट्रिय प्याराफिट निमार्ण हुने

डिपिआरमा सम्झौता

पोखरा –

पर्यटकीय नगरी पोखरामा अन्तराष्ट्रिय स्तरको फुटवल मैदान सहितको प्याराफिट निमार्ण हुने भएको छ । सन २०१९ मा नेपालमा हुने दक्षिण एसियाली खेलकुद प्रतियोगितालाई लक्षित गरि पोखरामा अन्तर्राष्ट्रिय स्तरको फुटवल खेल मैदान तथा प्याराफिट निमार्ण हुने प्रकृया सुरु भएको छ ।

काठमाण्डौंको एम.डी. ईन्जिनियरिङ कन्सल्टेन्सिले उक्त डि.आर.पी. तयार पार्ने भएको हो । विहिबार उक्त प्याराफिट निमार्णको लागि डि.पी.आर.को क्षेत्रिय खेलकुद विकास समिति र कन्सलटेन्सि बिच सम्झौता भएको छ । मन्त्रालयका सचिव दाहाल सहित विभिन्न संघ संस्थाका प्रतिनिधि तथा खेलकुदकर्मी बिच विहिबार कन्सल्टेन्सिका अध्यक्ष ईन्जिनियर निरन्जन डुम्रे र समितिका अध्यक्ष खगराज पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । पोखरा रंगशालमा हाल निमार्ण भएको भिआईपि सहितको प्याराफिट हतार हतारमा गरी २०४० सालमा निमार्ण भएको समितिका अध्यक्ष पौडेलले बताए । पोखरामा हरेक बर्ष जसो हुदै आएका प्रतिष्ठित प्रतियोगितामा दर्शकहरुले पैसा तिरेर पनि उभियर तथा जिर्ण भएको प्याराफिटमा बसेर फुटवल हेर्नुपर्ने समस्या रहेको उनले जनाए ।

दक्षिण एसियाली खेलकुदलाई लक्षित गरि पोखरामा फुटवल सहितका केहि खेलकुद प्रतियोगिता गराउने उद्धेश्यले पोखरा रंगशालामा पहिलो चरणमा फुटवल मैदान सहितको प्याराफिट निमार्णमा युवा तथा खेलकुद मन्त्रालयको समेत ध्यान पुगेको युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहालले बताए । उनका अनुसार आगामी दुई महिना भित्र पोखरा रंगशालामा फुटवल मैदान सहितको प्याराफिट निमार्णको लागि विस्तृत परियोजना प्रतिवेदन (डि.पि.आर.) तयार हुने भएको छ । उनका अनुसार पोखरामा दक्षिण एसियाली खेलकुदका केहि खेल हुने लक्ष अनुसार हाल पहिलो चरणमा योजना सहितका केहि कामको लागि ९५ लाख रुपैया विनियोजना भएको बताए । उनले भने “ पोखरालाई खेलकुदको केन्द्र बनाउने उद्धेश्यले पनि हामीले यहाँको खेलकुदको भौतिक संरचनामा निमार्णमा ध्यान जाने छ, पोखरा शुन्दर छ, यहाँ प्राकृतिक तथा हिमाल, ताल र यहाँका व्यक्तिहरु सक्रिय भएकोले गर्दा पनि यहाँ खेलकुदको संस्कार छ ।” विनियोजित उक्त रकम मध्य उक्त डिपीआरको लागि १५ लाख, भलिवल ट्रेनिङ सेन्टर निमार्णको लागि ६० लाख, पर्खाल मर्मलकोलागि ५ लाख, रंगशालाको मुख्य गेट सहितको कराँतेको स्टोर रुम निमार्णको लागि भनेर १५ लाख रुपैया क्षेत्रिय खेलकुद विकास समितिको खातामा आएको क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगिले बताए ।

पोखरा आफैमा पर्यटकीय क्षेत्र भए पनि खेलकुदको माध्यमबाट यहाँको आर्थिक गतिविधिलाई चलायमान बनाउन सकिने सचिव दाहालले दाबी गरे । खेल पुर्वाधारमा ५ पलाई मन्त्रालयले प्रथामिकता दिएको उनले बताए । पुर्वाधार, प्रशिक्षण, प्रतियोगिता, पुरस्कार र प्रतिभाको खोजि गर्न सके नेपालको खेलकुदको विकास हुने सचिव दाहालले बताए । खेलकुदको नियमावली परिवर्तनको अन्तिम संघारमा रहेको बताउदै उनले जिल्ला, प्रन्त र केन्द्रमा राष्ट्रिय स्तरका खेलमैदान निमार्ण गर्ने सरकारको योजना भएको बताए । उनले भने “ खेलकुदमा एक अर्व ६५ करोड बजेट धेरै योजनाहरुमा छरिएकोले चाहे अनुसारको खेलकुदमा विकास हुन सकेको छैन ।” दक्षिण एसियाल खेलकुदलाई लक्षित गरि पोखरामा फुटवल, भलिवल, लङ टेनिस, सुईमिङपुल सहितका खेलहरु संचालन हुने गरी तयारी गर्न उनले आग्रह गरे ।

उक्त प्याराफिट हाल जिर्ण तथा उच्च जोखिममा भएकोले नयाँ ढंगले प्यराफिट निमार्ण हुनु पर्ने पोखरेलीले धेरै बर्ष देखि माग राख्दै आएको एन्फाका केन्द्रिय उपमहासचिव गणेश बहादुर भट्टराईले बताए । राजधानि देखि २ सय किलोमिटर टाडा रहेको पोखरामा राज्यको खेलकुद पुर्वाधार विकासमा ध्यान पुग्न नसकेकोमा गुनासो गर्दै उनले राखेपले पार्टीका सदस्यहरुलाई भर्ती बनाउने र सरकारी कर्मचारिहरु पार्टीका ट्रेड  युनियनले गर्दा देशको खेलकुद सहित विकासमा बाधा पुगेको उनले दाबी गरे । कन्सल्टेन्सिका अध्यक्ष ईन्जिनियर निरन्जन डुम्रेले आफुहरुले कम्तिमा डेढ देखि दुई महिना भित्र डिपिआर तयार पार्ने दाबी गरे । उक्त प्रोजेक्टमा लागत स्टमेट समेत आफुहरुले तयार पार्ने बताएका डुम्रेले २५ देखि ३० हजार सिट क्षेमताको प्याराफिट निमार्ण गर्ने योजना भएको जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button