अब पोखरा रंगशालामा प्रवेस गर्दा पास आवश्यक पर्ने

पोखरा –
पोखरा रंगशालामा प्रबेस गर्दा अब पास आवश्यक पर्ने भएको छ । जिल्ला खेलकुद विकास समितिले पोखरा रंगशालालाई व्यबस्थित पार्ने उद्धेश्यले करिब एक महिना भित्रै लागु हुने गरी पोखरा रंगशालामा प्रबेस गर्दा पास अनिवार्य गराईन लागे पछी पास आवश्यक भएको हो ।

क्षेत्रिय खेलकुद विकास समिति र विभिन्न खेल संघहरु सहित खेलकुदकर्मीहरुको माग अनुसार आफुहरुले रंगशाला प्रबेसमा पास अनिवार्य गराउन लागेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम बहादुर गुरुङले बताए । रंगशालामा खेलाडीहरुलाई ४ तह र विभिन्न खेल संघमा आवद्ध सदस्य तथा समितिका पदाधिकारी तथा कर्मचारी बाहेक अन्यलाई शुल्क लिने प्रस्ताव आएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए । उनका अनुसार जिल्ला, क्षेत्र, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु गरी ४ तहमा बर्गीकरण गरिएको हो । मर्निङवाक गर्ने व्यक्तिहरुको लागि बार्षिक ५ सय रुपैया शुल्क लिने प्रस्ताव गरिएको बरालले जनाए । लाहुरे भर्ति हुने युवाहरु हाल पोखरा रंगशालामा शुल्क तिरेर प्रशिक्षण गर्ने गरेका छन भने त्यो बाहेक अन्यको शुल्क लिईएको छैन । अबस्था हेरी रंगशाला प्रबेसमा पास अनिवार्य नहुन पनि सक्ने बरालले जनाए ।

यसैबिच, जिल्ला खेलकुद विकास समितिले बुधबार विभिन्न खेल संघहरुबिच आयोजना गरेको छलफल कार्यक्रममा सहभागिहरुले पोखरा रंगशालालाई व्यबस्थित ढंगले संचालन गर्न, पोखरा रंगशालामा खानेपानीको व्याबस्था गर्न, विभिन्न खेल संघहरुलाइ छुट्टाईएको खेल मैदानको लागि मास्टर प्लान अनुसार कान्वयन गर्नुपर्ने, पार्किङको व्यबस्था मिलाउनु पर्ने, निष्कृय खेलसंघहरुलाई सक्रिय बनाउनु पर्ने, खेल संघहरु विच समन्वय हुनु पर्ने लगायतका सुझाव दिएका छन ।

क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले रंगशालाको दिगो व्याबस्थापनको लागि आफुहरुले विभिन्न संघ संस्थाहरुसंग समन्वय गरी अघि बढ्न तायर भएको बताए । उनले भने “ पोखरालाई हामीले अन्तराष्ट्रिय स्तरको शहरको रुपमा विकास गराउसंगै यहाँको खेल गतिविधिलाई पनि अन्तराष्ट्रिय स्तरको बनाउनको लागि खेल मैदान पनि अन्तराष्ट्रिय स्तरको निमार्णमा जोड दिने छौं । ” नेपाल ओलम्पिक कमिटिका सदस्य तथा नेपाल ह्याण्डवल संघका केन्द्रिय अध्यक्ष तेज बहादुर गुरुङले खेलकुदको विकास गर्न कुनै रंगमा विभाजन नभई एक भयर लाग्न आग्रह गरे ।

पोखरामा अन्तराष्ट्रिय स्तरको फुटवल मैदान सहितको प्याराफिट निमार्ण गर्दा कम्तिमा पनि ५० हजार दर्शक क्षेमताको बनाउन उनले सुझाव दिए । कास्की जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष सुमन देवकोटाले विभिन्न खेल संघहरलाई सक्रिय पार्न समितिले प्रगती विवरण माग गर्नुपर्ने बताए । कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङले आफुहरुले प्रशिक्षण गर्ने स्थान नपाएको गुनासो गरे । खेलाडी एवं प्रशिक्षक राजन पौडेलले पोखरा रंगशाला भित्र मादक पदार्थ तथा सुर्तिजन्य पदार्थ सेवन गरेकोले त्यस्ता व्यक्ति उपर कारवाही गर्न माग गर्दै खेलाडिहरुको लागि रंगशालमा सहज वातावरण नवनाए आन्दोलन गर्ने चेतावनी दिए । समितिका पुर्व अध्यक्ष दील बहादुर गुरुङले १३ औं साग नेपालमा भएसंगै केहि खेलहरु पोखरामा आयोजना गर्ने गरि तयार गर्नुपर्ने बताए । सहारा क्लवका अध्यक्ष विरभद्र आचार्यले १३ औं साग अन्र्तगत फुटवल खेल पोखरामा हुनु पर्ने माग गरे ।

समितिका अध्यक्ष याम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कास्की जिल्ला फुटवल संघका अध्यक्ष धरम बहादुर लामिछाने, कास्की जिल्ला लङ टेनिस संघका अध्यक्ष विनोद कायस्थ, व्याडमिन्टन संघ कास्कीका अध्यक्ष डम्मरसिंह गुरुङ, कास्की जिल्ला वास्केटवल संघका अध्यक्ष नेत्र शेन, कास्की जिल्ला क्रिकेट संघका सचिव संजयकान्त सिग्देल, स्की संघका क्याप्टेन रामबहादुर गुरुङ, टेवल टेनिस संघ कास्कीका अध्यक्ष उत्तम जोशी लगायतले वोलेका थिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button