पोखरा रंगशालावाट कानुनत हट्यो ड्राइभिङ प्रशिक्षण, अदालतको निर्णय खेलकुदको पक्षमा

डीएनबी, पोखरा-

पोखरा रंगशालामा ड्राइभिङ प्रशिक्षण गराउने बिषयमा अदालतमा परेको मुद्धाको फैसला खेलकुदकर्मीको पक्षमा  भएको छ ।

पोखरा रंगशालमा ड्राइभिङले  खेल गतिविधिलाई नै असर पुराएकोले आफुहरुले बाध्य भएर डाईभिङ प्रशिक्षण हटाए पछि अदालतमा परेको मुद्धाको फैसला हाल आफुहरुकै पक्षमा  भएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए । बादी दाबी नपुगेको भन्दै जिल्ला अदालत कास्कीका न्यायधिस रमनाथ पौडेलले आज शुक्रबार खेलकुदको पक्षमा फैसला गरेका हुन । खेलकुदको तर्फबाट अधिवक्ता कृष्ण प्रसाद तिमिल्सिनाले वहस गरेका थिए भने ड्राईभिङको तर्फबाट अधिवक्ता दयाराम गौतमले वहस गरेका थिए ।

गण्डकी डाईभिङ स्कुल संघ पोखराले रंगशालामा विगत दुई दशक देखी डाईभिङ प्रशिक्षण गराउदै आएको थियो भने संघको केही समय सम्झौता भएको समय सिमा भएकोले अदालतमा मुद्धा दायर गरेको थियो । स्कुल संघका अध्यक्ष उमेश सिकेले आफुहरुको सहमती विना आफुहरुलाई रंगशालाबाट हटाएकोले मुद्धा दायर गर्नु परेको बताउदै उनले अब ड्राईभिङ प्रशिक्षण केन्द्रको लागि जग्गाको खोजी भई रहेको जनाए ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीले सम्झौताको १२ नं वुँदा अनुसार उपल्लो निकायले चाहेको बेला सम्झौता रद्ध हुने बमोजिम २०७३ माघ १० गते सात दिन भित्र ड्राइभिङ्ग हटाउन जिल्ला खेलकुद विकास समितीलाई पत्राचार गरेको थियो । सो अनुरुप जिल्ला खेलकुदले हटाए पनि सम्झौता विरुद्ध हटाएको भन्दै स्कुल संघले जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो । कास्की जिल्ला अदालतले २०७३ फागुन १२ गते सो बारे फैसला गर्दै विपक्षी जिल्ला खेलकुदका नाममा स्टे अर्डर जारी गरेको थियो ।

यस सम्बन्धमा  पोखरान्युज डटकमले पोखरा रंगशालाबाट प्रशिक्षण हट्नु पर्दछ भन्ने आशयको समाचार निरन्तर  प्रवाह गरेको थियो । निरन्तरको फलोअप पश्चात  खेलकुद विकास समिति र क्षेत्रिय खेलकुद विकास समितिको संयुक्त पहलमा  डाईभिङ प्रशिक्षण हटाइएको थियो। डाईभिङ प्रशिक्षण हटाउने निर्णय गर्दै  पोखरा रंगशालमा खेलकुदका गतिविधि हुने स्थलमा ड्राइभिङ प्रशिक्षण भएकोले खेल गतिविधिलाई नै असर पुर्याएकोले  आफुहरुले बाध्य भएर डाईभिङ प्रशिक्षण हटाएको क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताएका थिए  ।  खेलकुद विकास समितिका अध्यक्ष याम बहादुर गुरुङले अघिल्लो कार्यसमितिले २०७५ साल सम्मको लागि प्रशिक्षणको लागि सम्झौता गरेको भए पनि धेरै क्षेत्रबाट ड्राइभिङ प्रशिक्षण हटाउन माग भए अनुसार आफुहरुले हटाउने  निर्णय गरेको बताएका थिए । तत्-पश्चात  आफुहरु संगको सम्झौता विरुद्ध ड्राइभिङ हटाएको भन्दै गण्डकी ड्राइभिङ स्कुल संघ पोखराले जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो ।

फलोअप न्युजहरु पढ्न तलका शिर्षकमा क्लिक गर्नुहोस  –

पुष १ गते बाट रंगशाला वाट ड्राइभिङ्ग हट्ने

फेरी सुरु भयो पोखरा रंगशालामा गाइजात्रा

अन्ततःपोखरा रंगशालाबाट हट्यो ड्राईभिङ प्रशिक्षण

पोखरा रंगशालामा ड्राइभिङ्ग सिकाउनेलाई खेलाडीले लखेटे

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button