पोखरा रङ्गशाला निर्माणका लागि डिपिआर बुझाउने म्याद असार १५ गतेसम्म

 

पोखरा न्युज –

पोखरा रङ्गशालाको डिपिआर बुझाउनका लागि युवा तथा खेलकुद मन्त्रालयले असार १५ गतेसम्मको म्याद दिएको छ ।

नेपाल सरकारको लगानीमा पोखरामा बन्न लागेको अन्तर्राष्ट्रियस्तरको पोखरा रङ्गशाला निर्माणका लागि तयार पारिएको डिपिआरलाई परिमार्जनसहित असार १५ गतेसम्म बुझाउन निर्देशन दिएको हो ।

एनएन इन्जिनियरिङ कन्सल्टेन्सीले तयार पारेको डिपीआरलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र मन्त्रालयको इन्जिनियरिङ युनिटसँग समन्वय गरी प्रतिवेदन बुझाउन मन्त्रालयले निर्देशन दिएको हो ।

करिब रु ८५ करोडको लगानीमा बन्न लागेको परियोजना आर्थिक वर्ष सुरु हुनासाथ टेन्डर प्रक्रियामा लगिने युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले यहाँ आज आयोजित एक कार्यक्रममा बताउनुभयो ।

उहाँले सन् २०१८ को जनवरीसम्म निर्माण कार्य सम्पन्न गर्नेगरी योजना ल्याउन निर्देशनसमेत दिनुभयो । करिब ४०० रोपनी क्षेत्रफलमा बन्न लागेको उक्त अन्तर्राष्ट्रियस्तरको पोखरा रङ्गशालाको अनुमानित क्षमता २५ हजार भन्दामाथि रहने योजनामा उल्लेख छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button