पर्यटकलाई स्वागत गर्न दुलहीझै सिंगारीयो लेकसाईड

पोखरा –

पोखराको मुख्य पर्यटकीय स्थल लेकसाईड क्षेत्र यतिवेला दुलहीझै सिंगारीएको छ ।

पोखरामा भोलि (बुधबार) देखि सुरु हुने १८ औं संस्करणको पोखरा सडक महोत्सवको अवसरमा आगन्तुक पाहुनाहरुको स्वागतको लागि ध्वजापोतका, व्यनर, लुन्था, झिलिमिलि वत्ती लगायतले लेकसाइड क्षेत्र यति वेला दुलही झै सिंगारिएको रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङले बताए ।

महोत्सवले आन्तरीक तथा बाह्यि पर्यटकहरुको वसाई लम्वाउने भएकोले अंग्रेजी नयाँ बर्षमा पोखरा आउने पाहुनाको स्वागतको लागि लेकसाईड क्षेत्र सिंगार पटार गरीएको उनले जनाए । रेष्टुरेण्ट एण्ड वार एशोसियसन रेवान पोखराको आयोजनामा पाँच दिन सम्म चल्ने उक्त महोत्सवको उद्घाटनको अवसरमा बुधबार मध्यान्हः १२ बजे खहरेचोकबाट झाँकी सहितको ¥याली प्रदर्शन हुने भएको गुरुङले जनाए । उक्त महोत्सवको शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले गर्ने कार्यक्रम तय गरीएको आयोजकले जनाएको छ ।

पर्यटकहरुको वसाई लम्वाउने उद्धेश्यले आयोजना हुने महोत्सवको सम्पुर्ण तयारी पुरा भएको महोत्सवका संयोजक गोपि बहादुर भट्टराईले बताए । प्रायः अफ्सिजन हुने गरेको अग्रेंजी नयाँ बर्षको अवसरमा सडक महोत्सव आयोजना हुदै आए पश्चात यहाँको पर्यटकहरुको वसाईल लम्बिदै आएको व्यवसायीहरु बताउछन । पहिला अंग्रेजी नयाँ बर्षमा यहीकै धेरै व्यवसायीहरु विदेश जाने गरेका थिए । महोत्सवको अवसरमा आगन्तुक पाहुनाहरुलाई पर्यटनका विभिन्न गतिविधिमा विषेश छुट सहित प्याकेज दिने भएका छन ।

“सडकमै खाऔं, सडकमै नाँचौं र सडकमै रमाऔं” भन्ने मुल नाराका साथ यस बर्ष पनि रेवान पोखरामा आवद्ध भएका ९९ वटा रेष्टुरेण्ट व्यवसायीहरुले विभिन्न देशको खानाका परिकारहरु सडक छेउमा पाहुनाहरुको लागि तयार पार्ने भएको रेवान पोखराका अध्यक्ष गुरुङले बताए । पोखरा लेकसाईड क्षेत्रको सुरक्षालाई लियर हाल १४ वटा सीसी क्यामराहरु र ९९ वटा सोलार लाइट मर्मत कार्य सम्पन्न भएको छ । यस बर्ष कोमागाने पार्कमा उक्त महोत्सवको उद्घाटन सहितको विविध सास्कृतिक कार्यक्रम हुने भएको छ । यस अघिका बर्ष वसुन्धरा पार्कमा हुने गरेको कार्यक्रम पहिलो पटक कोमागानेपार्कमा हुन लागेको हो । भारत, जापान, रसिया लगायता देशको सांस्कृतिक कार्यक्रम प्रदर्शनी हुने तयारी भएको सांस्कृतिक संयोजक समेत रहेका अध्यक्ष गुरुङले बताए । रातिको समयमा पनि अवेरसम्म माईक्रो वस सेवा संचालन हुने भएकोले पोखरा क्षेत्रका स्थानीयलाई माईक्रोवस प्रयोग गर्न महासचिव विश्वराज पौडेलले बताए ।

पोखरा वस व्यवसायी समितिले यात्रुको चाप माग अनुसार पोखराका धेरै क्षेत्रमा राति ११ बजेसम्म र अग्रेंजी नयाँ बर्षको दिनमा भने राति एक बजेसम्म सेवा दिने भएको पौडेलले जनाए । सडक महोत्सवको अवसरमा पोखरा क्षेत्रका पर्यटकीय स्तरका होटलमा २० प्रतिशत छुट दिने पश्चिमाञ्चल होटल संघले घोषणा गरेको छ । संघका अध्यक्ष भरतराज पराजुलीले सडक महोत्सवको अवसरमा आन्तरीक पर्यटकहरुलाई २० प्रतिशतसम्म होटलको आवासमा छुट दिने भएको जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button