सडक महोत्सवका लागि भारत लगाएत देशका बिभिन्न भागवाट सांस्कृतिक टोलि पोखरामा

गणेश बराल ,

पोखरा –

१८ औ संस्करणको पोखरा सडक महोत्सबमा भाग लिन सांस्कृतिक टोलि पोखरा आइपुगेका छन् ।  बुधबार (भोलि) देखि सुरु हुने महोत्सबमा आफ्नो  सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्नको लागी छिमेकी राष्ट्र भारत लगाएत देशका बिभिन्न भागवाट मंगलवारै सांस्कृतिक टोलि पोखरामा आइपुगेका हुन् ।

रेवान पोखराका अध्यक्ष एबं १८ औ पोखरा सडक महोत्सबका सांस्कृतिक संयोजक चौबहादुर गुरुङले महोत्सबमा बिशेष प्रस्तुतिका लागि दक्षिण भारतको टोलि पोखरामा आइसकेको बताए । महोत्सवका लागी भनेर खोटाङ्, चितवन, डडेलधुरा तथा बाग्लुङ्रको टोलि पोखरा आइसकेको र केहि आउने क्रममा रहेको गुरुङले जानकारी दिए । महोत्सबमा चितवनको लौरी डान्सको साथमा  विभिन्न जनजातिको सांस्कृतिक प्रस्तुति रहने उनले बताए । त्यसैगरी महोत्सबमा भाग लिन जापानको  एक साँस्कृतिक टोलि पोखरा आउदै गरेको गुरुङले जनाए ।

बुधवारवाट महोत्सब सुरु हुने  लेकसाईड क्षेत्र यतीवेला ध्वजापतकाले  सिंगारीएको छ । महोत्सव आयोजना हुने स्थानमा सांस्कृतिक तथा सांगीतिक कार्यक्रम प्रस्तुत गर्नका लागी स्टेजहरु तयार पारिएको छ । महोत्सब लेकसाइडको साढे ३ किलोमिटर क्षेत्रमा पुस १३ गते देखि १७  गते सम्म संचालन हुदैछ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button