सडक महोत्सवमा करोडौंको कारोवार, शनिबार पोखराका सवै होटलमा पर्यटक

पोखरा –
बर्षकै सवै भन्दा धेरै पर्यटकहरु भित्राएका पोखराका पर्यटन व्यावसायीहरु सडक महोत्सवको अवसरमा निकै खुसि भएका छन । रेष्टुरेण्ट एण्ड वार एशोसियसन रेवान पोखराको आयोजनामा पाँच दिन सम्म पोखरामा चलेको महोत्सवमा बर्षकै सवै भन्दा धेरै पर्यटकहरु शनिबार भित्रिएकोमा पोखराका पर्यटन व्यवसायी सहित पोखरा क्षेत्रका धेरै व्यवसायीहरु खुसि भएका हुन ।

अंग्रेजी नयाँ बर्ष २०१७ लाई स्वागत गर्न र २०१६ लाई विदाइ गर्न शनिबार मध्यरात १२ बजे सम्म चिसो मौसममा पनि हजारौं पर्यटकहरु सडक महोत्सवमा सहभागि भएका थिए । १८ औं संस्करणको पोखरा सडक महोत्सवको अवसरमा पोखरा क्षेत्रमा महोत्सवलाई लक्षित गरी करीब आधा अर्व मुल्य बराबरको आर्थिक कारोवार भएको व्यवसायीहरुले बताएका छन ।

पोखरामा संचालन भएको उक्त महोत्सवले समग्र पोखरा क्षेत्रको आर्थिक कृयाकलापमा ठुलो मात्रमा आर्थिक चलायमान भएको महासचिव विश्वराज पौडेलले बताए । महोत्सवको अवसरमा पोखरा क्षेत्रमा करीब ४० देखि ५० करोड मुल्य बराबरको आर्थिक कारोवार भएको उनले बताए । महोत्सवको अवसरमा प्रयोग हुने मदिरा देखि, विभिन्न प्रकारका मासुका परिकार, खानेकुार, लक्ता कपडा, विभिन्न क्षेत्रबाट पोखरा आएका पर्यटकहरुले यस क्षेत्रमा सहभागि भएका पर्यटकीय गतिविधि लगायतका विभिन्न वस्तु तथा सेवाहरुको प्रयोग गर्नाले महोत्सव यस क्षेत्रकै आर्थिक पाटोसंग जोडिएको पौडेलले जनाए । रेवान पोखराले मात्र एक करोडको कारोवार गर्ने लक्ष्य राखे पनि रेवान पोखरामा आवद्ध ९९ वटा रेण्टुरेण्ट उतिकै संङख्यामा रेवानमा आवद्ध नभएका रेष्टुरेण्ट, ४ सय भन्दा बढी होटलहरुले पाँच दिनको अवधिमा कम्तीमा एक लाख देखि १० लाख भन्दा बढी आम्दानी गर्ने गरेका छन । उनले भने “ सडक महोत्सवले यहाँका होटल र रेष्टुरेण्टहरुको मात्र कारोवार भएको छैन, यो अबसरमा यहाँका पर्यटकीय गतविधि, देखि कृषिसम्मका सामान तथा वस्तुहरुको ठुलो मात्रमा कारोवार भएको छ । ”

वि जि पी रेष्टुरेण्टले यस बर्षको सडक महोत्सवमा अभिल्लो बर्षमा भन्दा बढी कारोवार गर्न सफल भएको छ । गत बर्ष सडक महोत्सवमा करीब ४ लाख भन्दा बढी आर्थिक कारोवार गरेको वि जि विले यस बर्ष अझ बढी कारोवार गर्न सफल भएको संचालक ज्याक तामाङले बताए । पोखरा उद्योग बाणिज्य संघका सदस्य तथा सडक महोत्सवका बाटो सजावटका संयोजक समेत रहेका तामाङले आफ्नो रेष्टुरेण्ट अगाडीको सडकमा धरहरा र श्यम्भुको समेत आकृति बनाएका छन । उनले भने “ मेरो रेष्टुरेण्टमा आर्थिक कारोवार बढ्दा गाँउको कृषकको समेत आर्थिक कृयाकलापमा प्रभाव पार्दछ, कीनकी कृषकबाट ल्याएको दुध, माछा मासु, फलफुल तरकारीको बढी खपत हुन्छ । ”

पोखराको करीब साँढे तीन किलोमिटर सडक क्षेत्रमा विभिन्न होटल तथा रेष्टुरेण्टका भान्छा सडक पेटिमा सारिएको थियो भने सडकमै आगन्तुक पाहुनालाई विभिन्न खानाको परिकारले स्वागत गरीएको थियो । पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले शनिबार पोखरा क्षेत्रका पर्यटकीय स्तरका सवै जसो होटल बुकिङ भएको बताए । उनले भने “ सडक महोत्सवमा आउने एक दुई दिने आन्तरीक पर्यटकले हामीलाई धेरै हौसला बढाउने गरेका छन, शनिबार त लेकसाईडमा केहिलाई होटल व्यबस्थापन गर्न नसकेर महेन्द्रपुल र पृथ्बीचोक क्षेत्रमा समेत व्यवस्थापन गर्नू पर्यो । ” उनका अनुसार आईतबार पोखरामा होटलमा करीब ६० प्रतिशत मात्र वुकिङ रहेको छ । शनिबार एकै दिनमा २५ हजार पर्यटकहरुले होटल प्रयोग गरेका छन । उनले भने “ यसमा स्थानीय १० प्रतिशत, विदेशी ३० प्रतिशत र बाँकी देशका विभिन्न शहर काठमाण्डौं, चितवन, वुटवल, भैरहवा लगायतबाट आएका हुन । ” सडक महोत्सवमा आफुहरुले होटलको आवासमा २० प्रतिशत छुट दिने घोषणा गरे पनि एकादले नदिएको गुनासो आए पनि अधिकाशंले त्यो छुट दिने गरेको दाबी गरी रहदा अधिकाशंले छुट नदिएको पर्यटकहरुले गुनासो गरेका छन । काठमाण्डौंबाट एक समुहमा तेश्रो पटक पोखरा आएका संजय थापा सहितको एक टोली पोखरामा तिन दिन बसे पनि संघले घोषणा गरे अनुसारको छुट नभएको उनले गुनासो गरे ।

सडकमै खाऔं, सडकमै नाँचौं र सडकमै रमाऔं, भन्ने मुल नाराका साथ सडक महोत्सव यस बर्ष पनि सम्पन्न गर्न सहयोग पुराउने प्रति महोत्सव संयोजक गोपि बहादुर भट्टराईले धन्यवाद दिएका छन । यस बर्ष नयाँ ठाँउ कोमागानेपार्कमा महोत्सवको उद्घाटन सहितको सांस्कृतिक कार्यक्रम भएको रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले जनाए । नेपाली मौलिक खाना, कला, संस्कृति लगायतका कार्यक्रमहरु महोत्सवमा उपलब्ध गराएको गुरुङले जनाए । शनिबार राति १२ बजे नयाँ बर्षको अवसरमा महोत्सव स्थलमा आतासवाजी समेत गरीएको थियो । आतासवाजी हेर्न भनी हजारौ आन्तरीक पर्यटक चिसो मौसममा समयको घडी हेर्दै बसेका थिए । वेलुकाको समयमा हुने पप कन्सर्ट सहितको कार्यक्रममा सहभागिहरुको लागि छुट्टै टिकटको व्याबस्था गरे पनि यस बर्ष नयाँ स्थान कोमागानेपार्कमा भएकोले आफुहरुले धेरै पर्यटकहरुलाइ भित्र जान दिन नसकेको आर्थिक संयोजक योगेश भट्टराईले बताए । शनिबार राति करीब ११ बजे नै टिकट वन्द गर्नु परेको उनले जनाए । केहि पर्यटकहरु भने पप कन्सर्ट हेर्न २ सय ५० रुपैया तिरेर पनि जान नपाएकोमा गुनासो गर्दै थिए ।

पर्वतबाट महोत्सवमा आएका विपिन शर्मा पप कन्र्सट हेर्न जान नपाएकोमा दुख व्यक्त गर्दै उनले पैसा तिरेर पनि आफुहरु कन्सर्ट हेर्न जान नपाएमा गुनासो गरे । लेकसाईड क्षेत्र दुलही झै सिंगारिएकोले यस बर्ष सडकमा खासै अवरोध पुग्ने गरी टेवल कुर्ची नराखिएकोले पनि पर्यटकहरु हिडडुल गर्न केहि सहज भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button