सबैको सहयोगलेनै हामी सडक महोत्सबको १८ औ संस्करणसम्म आइपुगेका छौ

पोखरा-

सन् २००० वाट सुरु भएको पोखरा सडक महोत्सब १७ पटक सम्म सफलता पुर्वक सम्पन्न भइसकेको छ । सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ भन्ने मूल नारा बोकेको यो महोत्सवले अफसिजन मानिने यो समयमा विदेश घुम्न जाने नेपाली लाइ स्वदेसमै रमाउने वातावरण मात्र सिर्जना गरेन सयौ विदेसीहरुलाई समेत नेपाल भित्र्याउने मार्ग  देखायो  ।

सुरुवाती क्रममा १ किलोमिटरमा १ दिन हुदै ३ .५ किलोमिटरमा ५ दिनसम्म संचालन हुदै आएको यो महोत्सब आफ्नो नियमित क्यालेन्डर अनुसार यसपाली पनि पुष १३ देखि १७ गते सम्म पोखरा लेकसाइडमा संचालन हुदैछ । दुइपटक लगातार अध्यक्षको सफल कार्यकाल पुरा गरेका एबम दुइ पटकनै महोत्सब संयोजकको भूमिका कुशलता पुर्वक निभाइसकेका गोपी भट्टराई १८ औ संस्करणको पोखरा सडक महोत्सबको संयोजक बनेका छन् । यसै सन्दर्भमा उनै भट्टराईसंग पोखरा न्युज डटकमले  गरेको कुराकानीको छोटो अंश हामीले यहाँ प्रस्तुत गरेका छौ ।

दुई कार्यकाल अध्यक्ष बिताउनुभयो  तेस्रो  पटक संयोजक हुदै हुनुहुन्छ , आफ्नो अनुभवले पनि यो पालिको सडक महोत्सब कस्तो बनाउने सोचमा हुनुहुन्छ ?
यो पाली हामीले दर्शक तथा पर्यटकहरुले म महोत्सव मा आएको छु भन्ने आफै महशुस गरुन भन्ने हेतुले काम गरिरहेका छौ । महोत्सब स्थल वरपरको सजिसजावट , खानाका परिकारहरुको गुणस्तर वृद्धि , बढी भन्दा बढी सांस्कृतिक कार्यक्रमको प्रस्तुति, महोत्सबमा आएका पाहुनाहरुको सुबिधाको लागी हेल्प डेस्क, डिजिटल प्रविधि मार्फत सुचना प्रवाह गर्ने जस्ता कुराहरुमा हामीले यो पटक बढी भन्दा बढी ध्यान दिदै काम अगाडी बढाईरहेका छौ ।

पोखरामा विभिन्न नामवाट मेलामहोत्सब भइरहेका छन् । सडक महोत्सबमा नै दर्शक किन सहभागी हुने ?
पोखरामा मात्र हैन अहिले नेपालभरनै मेलामहोत्सब फेसनको रुपमा चलिरहेको छ । महोत्सब आयोजना गर्नु मात्र ठुलो कुरा हैन , सबैभन्दा महत्वपूर्ण कुरा त्यसको उधेश्य हो अनि त्यसले प्राप्त गर्ने सफलता अथवा नतिजा हो । हाम्रो महोत्सब पोखराको मात्र हैन नेपालकै छुट्टै विशेषता बोकेको महोत्सब हो । यहाँ आउने दर्शक अथवा पाहुनाहरु बिना टिकट साढे तिन किलोमिटर क्षेत्रफलमा स्वस्फुर्त रुपमा हिडडुल गर्न, सांगीतिक-साँस्कृतिक कार्यक्रममा रमाउन र महोत्सबको अवलोकन गर्न पाउदछन । महोत्सब स्थल भरिको कुनै पनि क्षेत्रमा गएर उनीहरुले आफुलाई मन परेका र रुचि अनुसारका परिकार अर्डर गरेर खान सक्दछन । सांगीतिक माहोल संगै सडकमा खादै हिड्नुको मज्जा बेग्लै हुन्छ । सडक महोत्सवले यतिमात्र नभई युवाहरुलाई आफ्नो कला कौशलता प्रस्तुत गर्ने प्लेटफर्म पनि दिईरहेको छ । देश बिदेशका ख्याती प्राप्त कलाकारहरु वाट सांगीतिक- सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने महोत्सब पनि यहि हो । हामी नेपालीको एक अर्काको चाडवाड रितिरिवाज लाइ सम्मान गर्ने चलन छ । क्रिसमस नयाँवर्ष जस्ता चाडबाडमा एकआपसमा खुसि साटासाट गर्ने माध्यम पनि यो महोत्सब बनेको छ । यसकारण नै हामीलाई हाम्रा दर्शक तथा पाहुनाहरुले साथ दिईरहनु भएको छ ।

गत वर्ष भूकम्प र नाकावन्दीका वाबजुत पनि सडक महोत्सव सफल पार्नुभयो । यसपालि कस्तो अपेक्षा राख्नुभएको छ ?
हो गत बर्ष त्यस्तो अवस्थामा मा पनि हामीलाई सारा नेपालीले साथ् दिनुभयो । हामीले सोचेभन्दा पनि बढी पर्यटक पायौ । राजनीतिक रुपमा केहि मतभेद भएतापनि यस पाली माहोल राम्रो छ । बिदेशी भन्दा पनि नेपाली पर्यटकको साथ धेरै रहने संकेत हामीले पाइसकेका छौ । हामीलाई हाम्रो सचिवालय, फेसबुक आदिमा महोत्सबको बारेमा थुप्रै नेपालीले सम्पर्क गर्नु भएको छ । हामि एकदमै खुशी एबम उत्साहित भएका छौ । गत वर्ष भन्दा ३० देखि ४० प्रतिशत को हाराहारीमा दर्शक बढ्ने अनुमान हामीले गरेका छौ ।

यसपाली विगतका वर्षहरुमा भन्दा फरक ठाउमा महोत्सब आयोजना गर्दै हुनुहुन्छ । कसरी ब्यबस्थापन गर्दै हुनुहुन्छ ?
हो, हामीले नगर विकास समितिको निर्णयलाइ स्वीकार गर्दै छेउकै कोमागाने पार्कमा महोत्सब आयोजन गर्दैछौ । विगतका वर्षमा भन्दा यो पाली स्टल को संख्या घटाई गुणस्तरीय सेवायुक्त र नेपाली मौलिकता झल्काउने खालका स्टलहरु मात्र समावेस गर्दैछौं । कोमागाने पार्कको संरचनामा खलल नपुग्ने गरी हामी ब्यबस्थापन गर्ने तयारी गर्दैछौं ।

महोत्सबको तयारी कहाँ पुगेको छ ?
लगभग हामीले तयारीका ८० प्रतिशत जस्तो काम पुरा गरिसकेका छौ । सजावटको कार्य तथा विभिन्न सांस्कृतिक टोलिहरुको सुनिश्चित गर्न मात्र बाकी छ । हामीले महोत्सब सुरु हुने दिनले एक हप्ता अगावै सबै तयारी पुरा गर्छौ ।

महोत्सबमा हरेक पटक केहि नयाँपन दिने गर्नुभएको छ । यसपालि के छ त्यस्तो ?
हामीले यसपटक सांस्कृतिक पाटोलाइनै बढी जोड दिईरहेका छौ । हामीले पाँचै विकास क्षेत्रका एउटा एउटा सांस्कृतिक टोलि ल्याउने प्रयत्न गरिरहेका छौ । एउटा भारतीय सांस्कृतिक टोलि ल्याउने वारेमा पनि कुराकानी अगाडी बढाई रहेका छौ । यस अलावा चिन र दक्षिण कोरियाको सांस्कृतिक टोलि ल्याउने बिषयमा पनि कुरा अगाडी बढिसकेको छ । बिशेषगरी यो पटक महोत्सब स्थलमा क्रिसमसवाटै झकिझकाउ पारिनेछ ।

शान्ति सुरक्षाको बिषयलाइ कसरि हेरिरहनु भएको छ ?
महोत्सबको सबैभन्दा महत्वपूर्ण र जटिल बिषयनै शान्ति सुरक्षा हो । हाम्रो जोड भनेको यसमै रहन्छ जसमा स्थानीय प्रशासन तथा सुरक्षा निकायवाट अतुलनीय सहयोग भइरहेको छ । उहाहरुले हामीलाई अतिरिक्त समय अहोरात्र खटिएर सहयोग गरिरहनु भएको छ, जसका कारणनै हामी ढुक्क हुन् सकेका छौ । रेवान संग सम्बन्धित सुरक्षा गार्ड, लेकसाइडका बिभिन्न क्लब, हेल्थ क्याम्प आदिले पनि सुरक्षामा टेवा पुर्याउने छन् ।

महोत्सबको सफलता असफलतामा स्थानीय तवरमा हुने सहयोगले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । कस्तो सहयोग पाइराख्नु भएको छ ?
वास्तबमा आयोजक रेवान भएता पनि सडक महोत्सबलाइ स्थानीय जनता , संघ सस्था, व्यबसायी, प्रशासन, प्रायोजक, राजनीतिक दल, नगरपालिका, नगर विकास समिति तथा सम्पूर्ण पोखरेलीले आफ्नै महोत्सब ठानी सहयोग गर्दै आउनु भएको छ । वहाहरुकै देनले नै हामी आज १८ औ संस्करण सम्म आइपुगेका छौ । सबैको साथ विना हामी यहासम्म आउन गार्हो थियो ।

महोत्सबले पोखराको पर्यटन प्रबर्द्धन र आर्थिक विकासमा कस्तो भूमिका खेल्छ ?
वास्तबमा यो महोत्सवले समग्र पोखराको आर्थिक विकासमा टेवा पुर्याईरहेको छ । महोत्सबका वेला यहाँका हरेक ब्यबसायहरु चलायमान हुने गर्दछन । पर्यटन संग सम्बन्धित प्याराग्लाइडिङ, बन्जीजम्प, जिप फ्ल्यायर , अल्ट्रालाइट जस्ता साहषिक खेलको प्रबर्धन , होटल, होम स्टे, टुर्स ट्राभल्स आदि सबै महोत्सबको बेला उचाइमा पुग्ने गर्दछन । कुनै वेला अफसिजन मानिने यो समय महोत्सबकै कारण उचाइमा पुगेको छ ।माछा, मासु, फलफुल लगाएतका कृषि जन्य उत्पादनको खपत अत्यधिक मात्रमा हुन्छ । किराना पसलवाट खाद्यसामग्री त्यतिकै खपत हुन्छ । यातायातका साधन, लत्ताकपडा आदिमा पनि कारोवार राम्रै हुछ । यसकारण पनि यो महोत्सवले पोखराको पर्यटन प्रबर्द्धन र आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको छ ।

भट्टराई लेकसाइडमा रहेको प्याराडीसो रेस्टुरेन्ट एण्ड वार तथा प्याराडीसो स्पोर्टस ग्रिल एण्ड वारका संचालक समेत हुन् ।

प्रस्तुति – गणेश बराल

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button