पोखरामा तामझामका साथ सडक महोत्सव सुरु

पोखरा १३-

पोखराको मुख्य पयटकीय क्षेत्र लेकसाईडमा आज (बुधबार) देखि तामझामका साथ १८ औं संस्करणको पोखरा सडक महोत्सव सुरु भएको छ ।

रेष्टुरेण्ट एण्ड वार एशोसियसन रेवान पोखराको आयोजनामा पाँच दिन सम्म चल्ने उक्त महोत्सवको उद्घाटन गर्दै शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले विदेशी र स्वदेशी पर्यटकहरुलाई लक्षित गरी आयोजना भएको यस्तो महोत्सवले पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । उनले भने “ पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न यस्ता महोत्सव आवश्यक हुन्छ, यसमा सडकमै खाऔं, सडकमै नाँचौं र सडकमै रमाऔं, भन्ने मुल नारा रहेकोले यसले गर्दा झन पर्यटकहरुलाई महोत्सवमा आकषर्ण गरेको छ । ”

मन्त्री केसीले आउदो जुलाई (२०१७) भित्र पोखरामा अन्तराष्ट्रिय विमानस्थलको काम सुरु हुने बताए । मित्र राष्ट्र चिनको एक्जिम बैंकसंग पोखराको विमानस्थल निमार्ण गर्ने बिषयमा नेपालको ऋण सम्झौता बारे छलफल भइ रहेको बताएका मन्त्री केसीले आगामी जुलाई भित्र विमानस्थलको काम सुरु हुने दाबी गरे । उनले भने “ विमानस्थल निमार्ण गर्ने बिषयमा को बारेमा बिस्तृत खाका तयार गर्न समय लागेको हो, आउदो जुलाई १७ भित्रै काम सुरु हुन्छ, लेखेर राख्नुहोस । ” प्राकृया पुरा नभई उक्त विमानस्थलको शिलन्यास भएकोमा हतार भएको बताउदै उनले यस्ता प्रकृयामा हतार गर्ने गरेको टिप्पढी गरे ।

पोखरामा अन्तराष्ट्रिय सभाहल निमार्ण पनि आफ्नो पालामा गर्ने योजना भएको बताउदै उनले स्थानीय स्तरबाट पनि यस्ता अभियानमा साथ र सयहोग आवश्यक भएको बताए । पोखरामा विभिन्न स्थानहरुमा जग्गाको खोजि सहित ठाँउ छनौटको प्रकृयामा रहेकोले उपयुक्त हुने स्थानको खोजि गरी छिटो मन्त्रालयमा रिपोर्ट पेश गर्न समेत उनले आग्रह गरे । वसुन्धरा पार्कलाई ग्रिन वेल्टकै रुपमा विकसित गर्न आफ्नो क्षेत्रबाट सहयोग गर्ने वचन दिएका मन्त्री केसीले आफ्नो पहलमा वसुन्धरा पार्कलाई स्थानीयकै रोजाई अनुसार काम गर्ने अभियानको शिलन्यास गर्न पाएकोमा खुसि व्यक्त गरे । महोत्सव संयोजक गोपि बहादुर भट्टराईले वसुन्धरापार्क जुन उद्धेश्यले शिलन्यास भएको छ त्यही रुपमा छिटो भन्दा छिटो पार्कको रुपमा विकासित हुनु पर्ने बताउदै पोखरा क्षेत्रका सार्वजनीक जग्गाको संरक्षणमा सवै लाग्नु पर्ने बताए । सडक महोत्सव पोखराको ब्राण्ड भएकोले हरेक बर्ष आन्तरीक तथा बाह्यि पर्यटकहरुलाइ व्यबस्थापन गर्न कठिन भएकोले यसमा सवैले सयहोग गर्न उनले आग्रह गरे । रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा कास्कीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनाली, पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनाल, पोखरा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रविन्सन प्रजु, पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापा, रेवान पोखराका महासचिव विश्वराज पौडेलले पोखरा क्षेत्रमा रहेका सार्वजनीक जग्गाको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

“सडकमै खाऔं, सडकमै नाँचौं र सडकमै रमाऔं” भन्ने मुल नाराका साथ यस बर्ष पनि रेवान पोखरामा आवद्ध भएका ९९ वटा रेष्टुरेण्ट व्यवसायीहरुले विभिन्न देशको खानाका परिकारहरु सडक छेउमा पाहुनाहरुको लागि तयार पारेकोे रेवान पोखराका अध्यक्ष गुरुङले बताए । यस बर्ष कोमागाने पार्कमा उक्त महोत्सवको उद्घाटन सहितको विविध सास्कृतिक कार्यक्रम संचालन हुदैछ । यस अघिका बर्ष वसुन्धरा पार्कमा हुने गरेको कार्यक्रम पहिलो पटक कोमागानेपार्कमा भएको हो । भारत, जापान, रसिया लगायतका  देशको सांस्कृतिक कार्यक्रम प्रदर्शनी भएको सांस्कृतिक संयोजक समेत रहेका अध्यक्ष गुरुङले बताए । नेपाली मौलिक खाना, कला, संस्कृति लगायतका कार्यक्रमहरु महोत्सवमा उपलब्ध हुने भएको भट्टराईले बताए ।

रातिको समयमा पनि अवेरसम्म माईक्रो वस सेवा संचालन हुने भएकोले पोखरा क्षेत्रका स्थानीयलाई माईक्रोवस प्रयोग गर्न महासचिव विश्वराज पौडेलले बताए । पोखरा वस व्यवसायी समितिले यात्रुको चाप र माग अनुसार पोखराका धेरै क्षेत्रमा राति ११ बजेसम्म र अग्रेंजी नयाँ बर्षको दिनमा भने राति एक बजेसम्म सेवा दिने भएको समितिका सचिव अमृत तिमिल्सिनाले बताए । उनले भने “ हामीले सडक महोत्सवलाई सफल पार्न आवश्यक पर्ने वस सेवा संचालन गर्न तयार छौं, यात्रुको माग र चापलाई हामीले मध्यनजर गरी दिउसोकै मुल्यमा भाडा दर कायम हुने छ । सडक महोत्सबमा भएको झाकी प्रतियोगितामा क्षेत्रि महिला समुह प्रथम , डुंढा व्यवसायी समित दोश्रो, चितवनको थारु स्टीक डान्स तेश्रो भयो भने चाईनीज ओभरसिज र अन्नपुर्ण आमा समुह शान्त्वना भएका छन । विजेतालाई २५ हजार, उपविजेतालाई २० हजार तेश्रो हुनेलाई १५ हजार र शान्त्वना भएकालाई जनही १०÷१० हजार पुरस्कार प्रदान गरीएको सांस्कृतिक संयोजक समेत रहेका चौबहादुर गुरुङले बताए । झाँकीमा ३६ समुहको संस्थागत सहभागिता रहेको गुरुङले पोखरान्युज डटकम लाइ  बताए ।

यसैबिच, पोखरा लेकसाइडमा रहेको माउण्ट कैलाश रिर्सोटले करीब दुई महिनाको अवधिमा दुई वटा अन्तराष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएसंगै सडक महोत्सवको अवसरमा सम्मानित भएको छ । शहरी विकास मन्त्री अर्जुननरसिंह केसी, सडक महोत्सव संयोजक गोपि बहादुर भट्टराई, रेवान पोखराका अध्यक्ष चैबहादुर गुरुङले माउण्ट कैलाश रिर्सोटका संचालक नरेस भट्टराईलाई सम्मान पत्रको साथमा दोसल्ला र फुलमालाले सम्मान गरेका हुन । बेलायतको अक्सफोर्ड अन्तर्गतको यूरोप बिजनेश एसेम्ब्ली ईबीए ले उक्त रिसोर्टलाई ‘म्यानेजर अफ दि इयर’ को उपाधि सहित ‘बेष्ट इन्टरप्राइज अवार्ड ’ हालै प्रदान गरेको हो । यस अघि रिसोर्टले गत कार्तिक पहिलो साता फ्रान्सको राजधानि पेरिसमा सम्पन्न ईन्टरनेश्नल विड क्वालीटी कन्भेन्सन २०१६ मा इन्टरनेश्नल गोल्ड स्टार फर क्वालीटी शिर्षकमा“विड क्वालीटी अवार्ड ” प्राप्त गर्न सफल भएको थियो ।

त्यस्तै, शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले वसुन्धरापार्कको शिलन्यास गरे । उनले उक्त जग्गामा पार्क निमार्ण गर्न आफु कटिवद्ध भएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button