पोखरामा अगुवा पर्यटनकर्मी सम्मानबाट जुम, प्रेम र शुशीला देवी सम्मानित

पोखरा-

अगुवा पर्यटनकर्मी जुम बहादुर गुरुङ, प्रेम बहादुर घले र शुशीला देवी गुरुङ एकै मन्चमा आईतबार पोखरामा अगुवा पर्यटनकर्मी सम्मानबाट सम्मानित भएका छन । गाँउ पर्यटन प्रबद्र्धन मञ्च, नेपाल कास्कीले आईतबार पोखरामा आयोजना गरेको स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङको प्रथम बार्षिक तिथिमा उक्त सम्मानबाट उनीहरुलाई सम्मान गरीएको हो । पश्चिमाञ्चल क्षेत्रका तिन होमस्टे कार्यक्रमका तीन जना व्यक्तिहरुले पु¥याउको योगदानको उच्च मुल्याङकन गर्दै मञ्चले सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, नेपाल पर्यटन वोर्डका पुर्व सदस्यहरु गणेश भट्टराई, वासुदेव त्रिपाठी, टिकाराम सापकोटा, अग्नि कणेल, पर्यटन व्यवसायि गोविन्दराज पहारी, मञ्च कास्कीका अध्यक्ष तारानाथ पहारी लगायतले सम्मानपत्रको साथमा दोसला तथा माला लगायर सम्मान गरेका हुन । नेपाल पर्यटन वोर्डलेउक्त कार्यक्रमलाई प्रबद्र्धन गरेको हो ।
जुम बहादुरको गुरुङ नोपलको पहिलो होमस्टे गाँउ सिरुवारीको पर्यटन विकास समितिका पर्यटन संयोजक रहेका छन । स्याङजाको पञ्चमुल गाविस ४ मा रहेको ३९ घर मध्य हाल १७ घरमा होमस्टे संचालन भई रहेको छ । लमजुङको घलेगाँउका प्रेम बहादुर घले ग्रामिण पर्यटन विकास समिति घलेगाँउका अध्यक्ष हुन भने उनकै पहलमा २०५७ साल देखि गाँउमा होमस्टे संचालन भएको हो । घलेगाँउमा हाल ८० घर गुरुङ र ३० घर दलितका बस्ती रहेकाछन भने ३२ घरमा होमस्टे रहेको छ ।

त्यसै गरी पर्वतको चित्रेमा रहेको ग्रामिण पर्यटन होमस्टे विकास समितिका अध्यक्ष शुशीला देवी गुरुङ२०६७ साल देखि उनको पहलमा गाँउमा होमस्टे संचालन भएको हो । हाल उक्त गाँउमा ८ घरमा होमस्टे संचालनमा रहेको छ । मञ्च कास्कीले आफ्नो बार्षिक साधारण सभाको अवसरमा दुई जना ग्रामिण पर्यटन प्रवद्र्धनमा टेवा पुराएका पत्रकारलाई सम्मान गरिने भएको मञ्च कास्कीका अध्यक्ष पहारीले बताए । उक्त समारोहमा पश्चिम क्षेत्रका विभिन्न गाँउबाट होमस्टेका संचालकहरु सहभागि भएका थिए ।

यसै बिच, कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पोखरामा अन्तराष्ट्रिय क्षेत्रिय विमानस्थल निमार्ण भए बार्षिक ३० लाख सम्म पर्यटक पोखरामा भित्राउन सकिने दाबी गरे ।
उनले भने “ ३० लाख पर्यटकहरुलाई व्याबस्थापन गर्न पोखरा र पोखरा आसपासका पर्यटकीय सम्भावना भएका स्थानहरुमा होमस्टे आवश्यक छ, त्यति वेला होमस्टे झन फस्टाउने छ । ” अमुल्य सम्पदालाई जोगाई राख्न आग्रह गरेका उनले दिगो पर्यटनमा सवैले ध्यान दिनु पर्ने जनाए । देशमा व्यवसायिक नेतृत्वको खाँचो भएको समेत उनले हौलाए । त्रिभुवन विश्व बिद्यालयका ग्रामिण विभाग प्रमुख प्रा.डा. प्रेम शर्माले ग्रामिण पर्यटनमा जनजातिहरुको महत्वपुर्ण भुमिका रहेको दाबी गर्दै गाँउ पर्यटन प्रवद्र्धन गर्न जनजातिहरुबाट धेरै कुरा सिक्नु पर्ने बताए ।
पोखरा पर्यटन परिषदका उपाध्यक्ष चिरन्जिवी पोखरेलले दिगो पर्यटन प्रवद्र्धन हुने गरी सरकारले दृर्घकालिन योजनाहरु ल्याउनु पर्ने बताए । पत्रकार अमृत भादगाँउलेले स्याङजाको शिरुवारिमा स्व. क्या. रुद्रमान गुरुङले नेपालमै पहिलो पटक होमस्टे कार्यक्रम संचालन गरेको दाबी गरे । पिटिआरसिका अध्यक्ष समेत रहेका नेपाल पर्यटन बोडका पुर्व सदस्य गणेश बहादुर भट्टराईले पहिला टेकिङ रुटबाट सूरु भएको होमस्टे हाल धेरै ठाँउमा संचालन भए पनि खासै प्रभावकारी ढंगले अघि बढ्न नसकेको बताए ।
नेपाल पर्यटन वोर्ड पश्चिमाञ्चल क्षेत्रिय कार्यालयका बरिष्ठ अधिकृत सुर्यबहादुर थपलियाले होमस्टे कार्यक्रमहरुलाई प्रभावकारी वनाउन सरकारले सहज प्रकारको कार्य निती तथा योजना ल्याउनु पर्ने बताए । कार्यक्रममा तनहूँ दुम्सी गाँउका दराई होमस्टेका कलाकारहरुले दराई सांस्कृतिक कार्यक्रम प्रस्तुतः गरेका थिए ।
ब्ततबअजmभलतक बचभब

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button