पोखराको पर्यटन प्रबर्द्धनका लागी पुर्वाधार विकासमा ध्यान दिन वक्ताहरुको जोड

पोखरा-

पोखरा क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन गर्न यहाँ पर्यटन पुर्वाधार विकास हुनुपर्ने सोमबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । पोखरा पर्यटन परिषदको १६ औं बार्षिक साधारण सभा तथा नवौं महाधिवेसनको उद्घाटन सत्रको अवसरमा कार्यक्रममा सहभागी वक्ताहरुले पोखराको सौन्दर्यतालाई जोगाउदै पर्यटन पुर्वाधारमा विकास गरेमा पर्यटन प्रवद्र्धन हुने दाबी गरेका हुन।

पश्चिमाञ्चल क्षेत्रिय प्रशासक यामकुमारी खतिवडाले सरकारले नीजी क्षेत्रसंग सहकार्य गरी पर्यटन सहित देशको आर्थिक उन्नतिको लागि सरकार निजी मैत्रि बनेको बताईन। उद्योगी व्यवसायिहरुले उद्योग तथा श्रम ऐनलाई कान्वयन गर्न सुझाव दिदै आर्थिक समृद्धि गर्न सहकार्य गरी अघि बढ्न उनले सुझाव दिईन । उनले भनिन“ नेपालको विकासको इन्जिन भनेको पर्यटन क्षेत्र नै हो, यसलाई सरकारले उद्योगको रुपमा मान्यता दिएकोले अब पर्यटन क्षेत्रबाटै देशको समृद्धी गर्नु पर्दछ ।”

पर्यटन प्रवद्र्धन गर्न पुर्वाधार विकास, सिस्टाचार व्यवहार र हार्इंजेनिक खानामा ध्यान दिन उनले सुझाव दिएकी हुन। उनले भनिन“ कुनै विदेशी पर्यटन एर्यरपोर्टमा ओर्लियसंगै त्यहाँ तानातान र वर्गेनिङ भयो भने त्यहाँको पर्यटनको सिस्टचारको कुरा झल्कन सक्छ, पर्यटन पुर्वाधारमा विकास भए पर्यटकको वसाई लम्बिन सक्छ, स्थानिय उत्पादन सहित सरसफाईमा ध्यान दियौं भने एक पटक आएको पर्यटक फेरी आउन सक्छन । ” उनले नयाँ बस्तिमा पुर्वाधार निमार्ण गर्दा वातावरण र पुर्वाधार निमार्णमा समयमै ध्यान पुराउनु पर्ने बताईन ।

उनले भनिन “सके राम्रो  गरौं, नसके नविगारीकन पुस्ता हस्तान्तरण गर्ने गरौं ।” आयात र रेमिट्यान्सले धानेको मुलुकमा विश्वव्यापिकरणलाई मध्यनजर गरी राष्ट्रियताको प्रथामिकतामा पारेर पर्यटनको विकासमा लाग्नु पर्ने उनको भनाई थियो । नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले नेपालको अर्थतन्त्रको मेरुदण्ड पर्यटन हुन सक्ने बताउदै यसको विकासको लागि सम्भावनाको खोजि गर्नूपर्ने बताए । नेपाल पर्यटन वोर्डका पुर्व सदस्य गणेश बहादुर भट्टराईले राजनीतिक अस्थिरताले गर्दा मुलुकमा पर्यटनको धेरै सम्भावना हुदा हुदै विकास हुन नसकेको गुनासो गर्दै देशमा दक्ष जनशक्ति अभाव भएको दाबी गरे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी हरी प्रसाद मैनालीले स्थानिय तहको निर्वाचनको मिती घोषणा भएसंगै पर्यटन प्रवद्र्धनमा सकरात्मक प्रभाव पर्दै आएको बताए । परिषदका अध्यक्ष सोम थापाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा नेपाल पर्यटन वोर्ड क्षेत्रिय कार्यालय पोखराका प्रमुख उदय बहादुर भट्टराई, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, परिषदका संस्थापक अध्यक्ष असोक पालिखे, परिषदका उपाध्यक्ष चिरन्जिवी पोखरेल, सचिव रामु गौतम लगायतले पर्यटनको बारेमा चर्चा गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button