पर्यटन व्यवसायी संघको कार्यक्रममा पोखराको पर्यटन विकासमा जोड

पोखरा-

नेपाल पर्यटन व्यवसायी सङ्घ(निट) पोखराले पोखरा उपत्यका नगर विकास समितिका नवनियुक्त अध्यक्ष सुन्दरकुमार श्रेष्ठ र पोखरा लेखनाथ महानगरपालिका–६ का नवनिर्वाचित वडा अध्यक्ष जगतबहादुर पहारीसहितका जनप्रतिनिधिलाई आइतबार सम्मान गरेको छ ।

नवनियुक्त अध्यक्ष श्रेष्ठ एवम् नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्दै नेपाल पर्यटन व्यवसायी सङ्घ(निट) पोखराका अध्यक्ष सोम थापाले पोखरालाई विश्वको उत्कृष्ट गन्तव्य बनाउन नवनियुक्त अध्यक्ष श्रेष्ठ र नवनिर्वाचित जनप्रतिनिधिको महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठले पोखरालाई अन्तर्राष्ट्रियस्तरको सहर बनाउन सबै राजनीतिक दल, नागरिक समाजसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।

पोखरा लेखनाथ महानगरपालिका–६ का नवनिर्वाचित अध्यक्ष जगतबहादुर पहारीले पोखराको मुख्य पर्यटकीय आकर्षण फेवाताल–६ नं वडामा नै पर्ने भएकाले यसको संरक्षण र विकासका साथै यस क्षेत्रको विकासका लागि आफू सक्रियताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल ट्रेड युनियन काँग्रेसका वरिष्ठ उपाध्यक्ष रामजी कुँवरले समृद्ध पोखराको निर्माणका लागि सम्पूर्ण पोखरेलीको सहकार्य र एकता आवश्यकता रहेकोमा जोड दिनुभयो ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठन प्रदेश नं ४ का अध्यक्ष गोविन्द पहारीले विकास निर्माणका लागि राजनीतिबाट माथि उठ्नु पर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य अग्नी कँडेल, निट पोखराका सल्लाहकार निलकण्ठ शर्मा र लक्ष्मीबहादुर भट्टराई, वरिष्ठ उपाध्यक्ष शिवराज अधिकारी, उपाध्यक्ष पशुपति शर्मा, नवनिर्वाचित वडा सदस्य हरिकृष्ण पहारी, पुण्य पहारी र राममाया विकलगायतले सुन्दर पोखराको निर्माणमा सबैको साथ र सहकार्य आवश्यक हुनेमा जोड दिनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button