पोखरा आउने विदेशी पर्यटकको सङख्यामा बृद्धि

पोखरा –

यस बर्षको पर्यटनको सिजनमा पोखरामा आन्तरिक पर्यटक संगै विदेशी पर्यटकको सङख्यामा बृद्धि भएको छ । नेपालमा २०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पले प्रभावित भई खस्केको पर्यटन पर्यटकहरुको आगमनमा उल्लेखनिय रुपमा बृद्धि भए संगै उकालो लागेको पोखरा नागरीक उड्डयन कार्यालयका निर्देशक भोला प्रसाद गुरागाँईले बताए ।

पर्यटकहरुको सिजन मानिने सेप्टेम्वर अक्टुवरमा गत बर्षको तुलनामा यस बर्ष भने सकरात्मक ढंगले विदेशी पर्यटकहरु बढेको उनले जनाए । उनका अनुसार २०१५ को तुलनामा सन २०१६ को सेम्टेम्वरमा ५४ प्रतिशत र अक्टुवरमा ३८ प्रतिशतले हवाई मार्ग हुदै पोखरा आउने विदेशी पर्यटकहरुको आगमनमा बृद्धि भएको छ ।

अघिल्लो बर्षको सेप्टेम्वरमा ४ हजार ९ सय ६५ जना विदेशी पर्यटकहरु हवाई मार्ग हुदै पोखरा आएका थिए भने यस बर्षको सेप्टेम्वरमा १० हजार ९ सय ६५ जना पर्यटकहरु आएका छन । यो अघिल्लो बर्षको तुलनामा ५४.७१ प्रतिशतले बढी हो । त्यसै गरी अघिल्लो बर्षको अक्टुवरमा १२ हजार ५९ जना विदेशी पर्यटकहरु हवाई मार्ग हुदै पोखरा आएका थिए भने यस बर्षको अक्टुवरमा १९ हजार ४ सय ७५ जना पर्यटकहरु पोखरा आएका थिए । यो अघिल्लो बर्षको तुलनामा ३८ प्रतिशतले बढी हो । अघिल्लो बर्षको सेप्टेम्वरमा १ हजार ६ सय ७६ वटा हवाई फ्लाइट भएको थियो भने अक्टुवरमा भने २ हजार १ सय ९९ वटा फ्लाईट भएको थियो । त्यसै गरी यस बर्षको सेप्टेम्वरमा भने २ हजार ३१ वटा फ्लाईट भयो भने अक्टुवरमा ३ हजार ३ सय ५६ वटा फ्लाइट भएको कार्यालयले जनाएको छ।

पोखरा नागरीक उड्डयन कार्यालयले दिएको तथ्याङक अनुसार सन २०१४ को सेप्टेम्वरमा मात्र हवाई मार्ग हुदै पोखरामा १४ हजार ७ सय ९१ जना पर्यटकहरु पोखरा भित्रिएका थिए भने अक्टुवरमा २७ हजार ९ सय ८५ जना विदेशी पर्यटक पोखरा आएका थिए । यस बर्षको क्टुवरसम्म हवाइ मार्ग हुदै ७९ हजार ३ सय ७ जना विदेशी पर्यटक पोखरा आएका थिए । १८ हजार १ सय ९१ वटा फ्लाईट हुदा २ लाख ५३ हजार ८ सय ७३ जना आन्तरीक तथा बाह्यि पर्यटकहरु पोखरा भित्रिएको पोखरा नागरीक उड्डयन कार्यालयका निर्देशक गुरागाँईले बताए । गत बर्ष हवाई मार्ग हुदै पोखरामा एक लाख ४ सय ५८ जना विदेशी पर्यटकहरु पोखरा आएका थिए । २९ हजार ३ सय ३ वटा हवाई फ्लाइट हुदा २ लाख ७४ हजार ५ सय ५० जना आन्तरीक तथा बाह्यि पर्यटकहरु पोखरा भित्रिएका हुन ।

पोखरामा चार वटा एयरलायन्स कम्पनीबाट कम्पनीले पोखरा काठमाण्डौ दैनिक, पोखरा जोमसोम हवाई उढान भर्दै आएको कम्पनीहरुले जनाएका छन । पोखरामा अन्य मार्ग हुदै आएका पर्यटकहरुको तथ्याङक हालसम्म कसैले पनि राखेको पाईदैन

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button