राष्ट्रपतिले प्रधानमन्त्रीलाई शीतलनिवास बोलाइन्

काठमाडौं-

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई शीतल निवास बोलाएकी छिन् ।

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति भण्डारीवीच सोमबार बिहान ९ बजे भेट तय भएको शीतलनिवास स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोलाएकी हुन् ।

प्रधानन्यायाधीश सुशीला कार्कीमाथि आइतबार संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि यसको तरंग राष्ट्रपति कार्यालयसम्म पुगेको छ ।

महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै गहृमन्त्री विमलेन्द्र निधीले राजीनामा दिएका छन् । सत्ता साझेदार राप्रपा नेपाल पनि सरकारबाट बाहिरिने हो कि भन्ने चिन्ता छ । यी सबै घटनाक्रमहरुका कारण बैशाख ३१ को चुनाव प्रभावित हुने हो कि भन्ने भय उत्पन्न भएको छ ।

पछिल्लो राजनीतिक तनावका विषयमा राष्ट्रपतिले प्रधानमन्त्रीसँग चासो राखेको शीतलनिवास स्रोतले बतायो ।

स्रोत – अनलाइनखबर-    https://www.onlinekhabar.com/2017/04/578353/

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button