वालिङ महोत्सवमा ढुंगा प्रहारबाट घाइते पोउवा संघ उपाध्यक्ष प्रजुको आँखाको सल्यक्रिया

घनश्याम पाण्डेय, पोखरा –

 छैटौं वालिङ महोत्सवमा मञ्चमा ढुङा प्रहार बाट घाइते भएका पोखरा उद्योगबाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रविन्सन प्रजुको आँखाको सल्यक्रिया गरीएको छ । बरिष्ठ उपाध्यक्ष प्रजुको सोमबार तिलगंगा आखाँ अस्पताल काठमाडौमा डाक्टर सयम बजीमयले उहाँको देव्रेआँखाको सल्यक्रिया गरेका हुन् । चिकित्सकका अनुसार प्रजुले एक हप्ता काठमाडौमा आराम गर्नुपर्नेछ ।

कसरी भयो त प्रजु माथी ढुङा प्रहार

माघ १३ गते छैटौ वालिङ महोत्सवको उद्घाटन गर्न पुगेका एमाले अध्यक्ष एबं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आयोजकसँग रिसाएर विचमै फर्किए पछि ओली लाई मञ्चमा लैजानु पर्ने भन्दै एमाले कार्यकर्ताले मञ्चमा ढुङगा प्रहार गर्दा पोखरा उद्योगबाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रविन्सन प्रजुको आँखाचोट लागेको थियो । प्रमुख अतिथिको रुपमा मन्त्ब्य राख्दै गर्दा विद्युत अवरुद्ध भएपछि ओली आयोजकसँग रिसाएर काठमाडौं फिर्ता भएका थिए । बोल्दा बोल्दै लाइन अवरुद्ध भएर हिँडेका ओलीलाई मञ्चमा लैजान माग गर्दै कार्यक्रममा सहभागी एमालेका कार्यकर्ताहरुले मञ्चमा ढुङ्गा हान्दा रविन्स प्रजु घाइते भएका थिए । त्यस दिन एकै समय देशै भरि विद्युथ अबरुद्ध भएको थियो । एमाले नेता एबं कार्यकर्ताले आयोजकले षड्यन्त्र पूर्वक लाइन काटिएको भन्दै कार्यक्रमा नाराबाजी समेत गरेका थिए । चार्टर गरिएको हेलिकप्टरबाट महोत्सव स्थल पुगेका अध्यक्ष ओली सोहि हेलिकप्टरमा फिर्ता भएका थिए ।

एमालेका जिल्लास्तरीय नेताहरुले पार्टीका अध्यक्ष तथा नेता बोल्दा लाइन जानुमा षडयन्त्र भएको आरोप लगाए । आयोजकले उद्घाटन सत्रमा कमजोरी भएको भन्दै माफी मागेका थिए । उता सोही समयमा पर्वतको कुस्मामा शुरु भएको महोत्सवमा मन्तब्य राख्दै गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने लाइन अबरद्ध भए पछि मञ्चमै बसीरहेका थिए र विद्युत सुचारु भए पछि आफ्नो मन्तब्य राखेर काठमाडौ फर्केका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button