पोखराको पर्यटन प्रबर्द्धन गर्न १४ देशका वुलेट पारखी पोखरामा

पोखरा –
पोखराको पर्यटन प्रवद्र्धन गर्न १४ देशका वुलेट मोटरसाइकलका पारखी पोखरामा भेला भएका छन ।

नेपाली नयाँ बर्षको अवसरमा वुलेट पासा सेक्रेड समिटि प्रा.लि.काठमाण्डौंको आयोजनामा नवौं संस्करणको ईण्डफिल्ड रेण्डेजभौज एण्ड पोखरा नाम दिएको उक्त कार्यक्रममा सहभागिताको लागि नेपाल सहित १४ देशका वुलेट मोटरसाईकल पारखिहरु पोखरामा एक आपसमा भेटघाट गरेका हुन।

काठमाण्डौंको टुडिखेलबाट सुरु भएको उक्त कार्यक्रम पोखराको पाँचतारे होटल पोखरा ग्राण्डमा पुगेर समापन भएको प्रालिका वुलेट पासाले बताए । उनका अनुसार २ सय ८० वटा वुलेट वाईकहरुमा ४ सय ५० जना व्यक्तिहरु पोखराको पर्यटन प्रवद्र्धन गर्ने गरी पर्यटकको रुपमा पोखरा आएका हौं । अमेरीका देखि भारतसम्मका विदेशीहरु कार्यक्रममा सहभागि भएको उनले जनाए ।

नेपाली नयाँ बर्ष पोखरामा मनाउने उद्धेश्यले दुई रात तीन दिनको प्याकेजमा सहभागिको लागि प्रतिव्यत्ती १० हजार संकलन गरेर उक्त कार्यक्रम व्याबस्थापन गरेको पासाले बताए । प्रालिले समाजमा सामाजिक उत्तरदाहित्व वोध गर्दै विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको पासाले बताए ।

कार्यक्रममा सहभागिहरु काठमाण्डौंमा चैत मसान्तरमा भेटघाट गरी वैशाख एक गते पोखरा आउने र वैशाख दुई गते कार्यक्रम समापन गछि आ–आफ्नो ढंगले गन्तव्यमा लागेको पासाले जनाए ।

नेपाल पर्यटन वोर्डले प्रवद्धन गरेको उक्त कार्यक्रमलाई यति एरलायन्स, रेडवुल लगायत सहयोगी  रहेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button