पोखरा महानगर २२ पुम्दी भुम्दीमा एम्बुलेन्स सेवा सुरु

डीएनबी, पोखरा-

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २२ (पुम्दी भुम्दी) मा एम्बुलेन्स सेवा सुरु भएको छ ।

पुम्दी भुम्दी काठमाण्डौं समाजको पहलमा भारतीय राजदुतावासबाट प्राप्त एम्बुलेन्स सेवा सुक्रबार देखी संचालनमा आएको एम्बुलेन्स संचालक तथा व्यावस्थापन समितिका अध्यक्ष एवं वडा नम्बर २२ का वडा अध्यक्ष मित्रलाल बरालले बताए । झाडा पखालाबाट ग्रसित ९० बर्षीया रुकविणा बरालको उपचारको लागी उक्त एम्बुलेन्सबाट पोखराको फिस्टेल हस्पिटल पु¥याइएको समाजका सदस्य बिष्णु बरालले बताए । प्राप्त एम्बुलेन्स सेवालाई आफुहरुले पोखरा लेखनाथ महानगरपालिका २२ वडाका स्थानिय जनता सहित पुम्दी भुम्दीका छिमेकी गाँउ ठाँउका जनतालाई समेत सेवा दिने उक्त सेवा संचालनमा ल्याएको बरालले बताए । कार्यक्रमका प्रमुख अतिथी महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयका सचिव खगराज बराल, समाजका अध्यक्ष हेमराज बरालले समितिका अध्यक्ष बराललाई एम्बुलेन्सको चावी हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा बोल्दै महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयका सचिव बरालले काठमाण्डौंमा वसेर पनि आफु जन्मेको ठाँउमा केही गरेकोमा खुसी व्यक्त गर्दै प्राप्त एम्बुलेन्स सेवालाई दिगो रुपमा संचालन गर्न बढी चुनौती रहेको उल्लेख गरे । एम्बुलेन्सको खर्च धान्ने गरी न्युनतम शुल्क लिने गरी आफुहरुले उक्त सेवा संचालनमा ल्याउने भएको समितिका अध्यक्ष बरालले बताए । समाजको पहलमा तत्कालिन भारतिय राजदुत रन्जित रेले उक्त एम्बुलेन्स समाजलाई हस्तान्तरण गरेको समाजका अध्यक्ष हेमराज बरालले बताए । करिब ३० लाख मुल्य बराबरको उक्त एम्बुलेन्स सेवा आफुहरुले प्राप्त गरेसंगै आफुहरु जन्मेको तथा हुर्कीएको स्थानमा थप विकासको लागि आवश्यक सहयोग गर्न आफुहरु तत्पर रहेको समाजका अध्यक्ष बरालले बताए । उक्त एम्बुलेन्समा अक्सिजन ग्याँस जडान नभएकोले गर्दा उक्त ग्याँस जडान गर्नको लागी थप सहयोग पुग्ने उद्धेश्यले समाजका अध्यक्ष बरालले १० हजार १ सय रुपैया आर्थिक सहयोग गरेकाछन । पुम्दीकोट टोल विकास संस्थाका एवं बिशाल महादेवको मुर्ति निमार्ण समितिका अध्यक्ष समेत रहेका चन्द्रकान्त बरालले एम्बुलेन्स सेवा संचालनमा आउनु भन्दा त्यसलाई दैनिक रुपमा संचालन गर्नु कठिन बिषय भएको बताए ।

समितिका अध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नागरिक मञ्च पुम्दी भुम्दीका संयोजक निर्मला गुरुङ, सुक्रराज माविका बिद्यालय व्याबस्थापन समितिका अध्यक्ष रामजी बराल (जिवन), वडा नम्बर २२ का वडा सदस्य मात्रिका प्रसाद बराल, वडा नम्बर २२ का वडा सचिव राम प्रसाद पौडेल लगायतले वोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button